arin enterprises

संस्कृति

  • २०७७ मङ्सिर ३०, मंगलबार

    पशुपति भोलिबाट खुल्ने, आज क्षमापूजा

    कोरोना संक्रमणको जोखिमका कारण गत ९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर भोलिबाट खुल्ने भएको छ । यसैक्रममा भोलि मन्दिर खोल्नका लागि आज पशुपतिनाथ मन्दिर परिसरमा क्षमा पूजा गरिँदैछ । नौ महिनासम्म मन्दिर बन्द गर्नुपरेकोमा आज बिहान क्षमा पूजा गरिएको हो ।...

  • २०७७ मङ्सिर २९, सोमबार

    आज सोमबारे औंशी मनाईँदै

    आज मार्ग कृष्ण औंशीको दिन सोमबार । हिन्दु धर्म शास्त्र अनुसार सोमबारे औंशीको ठुलो महत्व छ । वर्षमा करीब ५२ वटा सोमबार पर्ने गर्दछ भने औंशीको १२ वटा पर्न आउँछ । तर सोमबारे औंशी भने वर्षको एउटा वा दुइटा मात्र पर्ने गर्दछ । सोमबारे औंशीका दिन मौन रहेर...

  • २०७७ मङ्सिर २२, सोमबार

    बालाचतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

    बालाचतुर्दशीको अवसरमा पशुपतिमा हुने दीपदान यस वर्ष नहुने भएको छ । बालाचतुर्दशीको अवसरमा पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान कोरोना महामारीको अवस्थामा संक्रमणको जोखिमका कारण यस वर्ष नहुने भएको हो । प्रत्येक वर्ष मार्ग कृष्ण...

  • २०७७ मङ्सिर १४, आइतबार

    दुई दिनमा सिमित गर्दै सम्पन्न गरियो कात्तिक नाच

    नरसिंह नाच प्रदर्शनसँगै यस वर्षको कात्तिक नाच सम्पन्न भएको छ । हिजो राती ललितपुर मंगलबजारको कात्तिक डबलीमा कात्तिक नाच अन्तर्गत नरसिंह नाच देखाइएको थियो । यस वर्ष ललितपुर महाःद्यःननिका महेश राजोपाध्याय नरसिंह बनेर कात्तिक डबलीमा उत्रेका थिए । कृष्ण...

  • २०७७ मङ्सिर १३, शनिबार

    बराहले पाए नयाँ मुकुट

    ललितपुरको प्रशिद्ध ‘कार्तिक नाच’ अन्तर्गत प्रस्तुत गरिने बराह नाचका लागि बराहले नयाँ मुकुट पाएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १६ ले बराहको लागि बनाइएको चाँदिको नयाँ मुकुट कार्तिक नाच प्रवन्ध समितिलाई हस्तान्तरण गरेको छ । शुक्रबार राति...

  • २०७७ मङ्सिर ११, बिहिबार

    नारायणको पूजा आराधना साथै तुलसी विवाह गरेर हरिवोधनी एकादशी मनाईँदै

    आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा आराधना गरि मनाईँदैछ । आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा सयन गर्नुभएका अर्थात सुत्नुभएका भगवान् विष्णु आज उठ्नुहुने धार्मिक विश्वास रहेको छ । भगवान सुत्नुहुने एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने उठ्नुहुने...

  • २०७७ मङ्सिर ५, शुक्रबार

    छठको तेश्रो दिन, आज अस्ताउँदो सुर्यलाई अर्घ दिइने

    आज कार्तिक शुक्ल षष्ठी, छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको आज तेश्रो दिन साँझमा सुर्यलाई पूजा आराधना गरी अर्घ दिईँदैछ । आज अस्ताउँदो सूर्यलाई अर्घ...

  • २०७७ मङ्सिर २, मंगलबार

    आज पनि किजापूजा गरिँदै

    विभिन्न स्थानमा नेवारहरुको आज पनि किजापूजा (भाईटिका) गरिँदैछ । सुर्योदयको तिथि अनुसार पर्व मनाउने परम्परा रहेका नेवारहरुले आज भाईटिका गर्दैछन् । किजापूजा गर्दा तेलको मण्डप बनाई दिदीबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाइदिने गर्दछन् । किजापूजाको...

  • २०७७ कार्तिक ३०, आइतबार

    यमपञ्चक अन्तर्गत आज गाइ पूजा गरिँदै

    आज कार्तिक शुक्ल प्रतिपदा, यमपञ्चक अन्तर्गत आज गाई र गोरुको पूजा गरिँदैछ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकोले आज गाईको पूजा गर्ने गरिएको धार्मिक विश्वास छ भने खेत जोत्नको लागि साथ दिने भन्दै गोरुलाई समेत आजै पूजा गर्ने गरिन्छ । आजै गोरुको...

  • २०७७ कार्तिक २८, शुक्रबार

    परम्परा धान्दै गर्दा एक किलो चिनी किन्न पनि गाह्रो

    नेपालीहरुको दोश्रो महान चाड तिहार । दशैंको हर्षाेलास साथ नेपालीहरु तिहारको रौनकमा रमाउने गर्छन् । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागको पूजा गर्दै काग तिहारबाट शुरु हुने तिहारको मुख्य दिनको रुपमा कार्तिक कृष्ण औंशीदेखि कार्तिक शुक्ल द्वितीयाको...

  • २०७७ कार्तिक २७, बिहिबार

    सांस्कृतिक विविधतलाई स्वीकार्न राजोपाध्याय समाजको आग्रह

    बहुभाषिक, बहुसांस्कृतिक देश नेपालको सांस्कृतिक विविधितलाई स्वीकारी रमाईलोसँग चाडबाड मनाउन राजोपाध्याय समाजले आग्रह गरेको छ । समाजले विज्ञप्ती जारी गर्दै फरक भूगोलमा, फरक समुदायमा एउटै संस्कृति मनाउने तरीकामा फरकपना देखिनु स्वाभाविक भएको भन्दै आ–...

  • २०७७ कार्तिक २३, आइतबार

    नेवार समुदायमा तिहारको तिथिको सम्वन्धमा यस वर्ष पनि अन्यौल

    नेवार समुदायमा यस वर्ष पनि तिहार मनाउने सन्दर्भमा अन्यौल र विवादको स्थिती देखिएको छ । तिहार मनाउने दिनको विषयलाई लिएर पाटन र काठमाडौंबाट फरक विचारका दुई अलग अलग विज्ञप्ती प्रकाशन भएका छन् । न्हूदँ समारोह समिति ललितपुरले पात्रोमा उल्लेख भए अनुसार नै...

  • २०७७ कार्तिक २१, शुक्रबार

    काष्ठमण्डप बैशाख १२ गते उद्घाटन गर्ने तयारी

    २०७२ बैसाख १२ को महाभूकम्पबाट पूर्ण रुपमा क्षति भएर ढलेको काठमाडौंको ऐतिहासिक सम्पदा काष्ठमण्डप आउँदो २०७८ बैशाख १२ गते उद्घाटन हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा यसको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिने...

  • २०७७ कार्तिक १५, शनिबार

    कोरोनाका कारण आदिनाथ मेला स्थगित

    आज आश्विन शुक्ल पूर्णिमा । आजबाट यस वर्षको बडादशैं विधिवत रुपमा सम्पन्न हुँदैछ भने आजैबाट काठमाडौंको चोभारमा आदिनाथ मेला पनि शुरु हुँदैछ । हरेक वर्ष चोभारमा आदिनाथको लोकेश्वरको साथमा जलविनायकको मेला आश्विन पूर्णिमाबाट शुरु भएर कार्तिक पूर्णिमासम्म...

  • २०७७ कार्तिक १२, बुधबार

    कोरोना महामारीका बीच दशैं

    नेपालीहरुको महान चाड दशैं हरेक बर्ष धुमधामसँग मनाउने गरिन्थ्यो । तर यस वर्ष भने यस्तो हुन सकेन । कोरोना भाइरस महामारीको कारण यो बर्षको दशैं भने प्रभावित हुन पुग्यो । विगतका वर्षहरुमा साथीभाईहरुको भेटघाट, नातागोतामा टिका, नखत्या, चङ्गा उडाउने आदि...

  • २०७७ कार्तिक १०, सोमबार

    १२ वर्षपछि योगनरेन्द्र मल्ललाई फुल अर्पण गरियो

    विजया दशमीको अवसरमा ललितपुर लायकूमा १२ वर्षपछि आज राजा योगनरेन्द्र मल्ललाई फुल अर्पण गरिएको छ । विजया दशमीमा ललितपुरको तलेजु भवानीलाई गर्भगृहमा प्रस्थान गराइसकेर योगनरेन्द्र मल्ललाई फुल अर्पण गर्ने परम्पराले आज फेरी निरन्तरता पाएको हो । आज तलेजु...

Pages