संस्कृति
-
२०७७ पौष १०, शुक्रबार
संसारभरि हर्षोल्लासका साथ क्रिसमस मनाईँदै
आज डिसेम्बर २५, संसारभरिका क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस मनाउँदैछन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्म भएको दिनमा सम्झनामा आजको दिन क्रिसमस मनाउने गरिन्छ । येशुलाई जिसस वा जिसस क्राइस्ट पनि भनिन्छ । जिससले मानव समुदायका हितका लागि...
-
२०७७ पौष ४, शनिबार
कर्शनव बने नयाँ भैरव काठमाडौं
कोहिटी टोलका ४ वर्षीय कर्शनव शाक्य ईन्द्रजात्राका जिवीत देवता भैरव बनेका छन् । वर्षेनी ईन्द्रजात्राको अवसरमा कुमारीसँगै रथजात्रा गरिने भैरवको रुपमा कीर्तिपुण्य महाविहारका शाक्य कुलपुत्र कर्शनवलाई आज विधि अनुसार प्रतिस्थापन गरिएको हो । ज्ञानुप शाक्य...
-
२०७७ पौष ४, शनिबार
जनकपुरधाममा विवाह पञ्चमी मनाईँदै
आज मार्ग शुक्ल पंचमी, जनकपुरधाममा मर्यादापुरुष राम र आदर्श नारी सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ । आजकै दिन अयोध्याका राजा दशरथका जेठा छोरा राजकुमार राम र मिथिलाका राजा जनककी जेठी छोरी राजकुमारी सीताबीच त्रेतायूगमा वैदिक सनातन...
-
२०७७ पौष ३, शुक्रबार
फेरीयो ईन्द्रजात्राका गणेश
फेरीयो ईन्द्रजात्राका गणेश ईन्द्रजात्रामा कुमारीसँगै रथ जात्रा गरिने जिवीत देव गणेश फेरीएको छ । आज आवश्यक विधि पुरा नयाँ गणेश प्रतिस्थापन गरिएको हो । काठमाडौंको पाछैगल्लीका साढे ४ वर्षीय रोदिनमान शाक्यलाई नयाँ गणेशको रुपमा प्रतिस्थापन गरिएको हो ।...
-
२०७७ मङ्सिर ३०, मंगलबार
पशुपति भोलिबाट खुल्ने, आज क्षमापूजा
कोरोना संक्रमणको जोखिमका कारण गत ९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर भोलिबाट खुल्ने भएको छ । यसैक्रममा भोलि मन्दिर खोल्नका लागि आज पशुपतिनाथ मन्दिर परिसरमा क्षमा पूजा गरिँदैछ । नौ महिनासम्म मन्दिर बन्द गर्नुपरेकोमा आज बिहान क्षमा पूजा गरिएको हो ।...
-
२०७७ मङ्सिर २९, सोमबार
आज सोमबारे औंशी मनाईँदै
आज मार्ग कृष्ण औंशीको दिन सोमबार । हिन्दु धर्म शास्त्र अनुसार सोमबारे औंशीको ठुलो महत्व छ । वर्षमा करीब ५२ वटा सोमबार पर्ने गर्दछ भने औंशीको १२ वटा पर्न आउँछ । तर सोमबारे औंशी भने वर्षको एउटा वा दुइटा मात्र पर्ने गर्दछ । सोमबारे औंशीका दिन मौन रहेर...
-
२०७७ मङ्सिर २२, सोमबार
बालाचतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने
बालाचतुर्दशीको अवसरमा पशुपतिमा हुने दीपदान यस वर्ष नहुने भएको छ । बालाचतुर्दशीको अवसरमा पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान कोरोना महामारीको अवस्थामा संक्रमणको जोखिमका कारण यस वर्ष नहुने भएको हो । प्रत्येक वर्ष मार्ग कृष्ण...
-
२०७७ मङ्सिर १४, आइतबार
दुई दिनमा सिमित गर्दै सम्पन्न गरियो कात्तिक नाच
नरसिंह नाच प्रदर्शनसँगै यस वर्षको कात्तिक नाच सम्पन्न भएको छ । हिजो राती ललितपुर मंगलबजारको कात्तिक डबलीमा कात्तिक नाच अन्तर्गत नरसिंह नाच देखाइएको थियो । यस वर्ष ललितपुर महाःद्यःननिका महेश राजोपाध्याय नरसिंह बनेर कात्तिक डबलीमा उत्रेका थिए । कृष्ण...
-
२०७७ मङ्सिर १३, शनिबार
बराहले पाए नयाँ मुकुट
ललितपुरको प्रशिद्ध ‘कार्तिक नाच’ अन्तर्गत प्रस्तुत गरिने बराह नाचका लागि बराहले नयाँ मुकुट पाएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १६ ले बराहको लागि बनाइएको चाँदिको नयाँ मुकुट कार्तिक नाच प्रवन्ध समितिलाई हस्तान्तरण गरेको छ । शुक्रबार राति...
-
२०७७ मङ्सिर ११, बिहिबार
नारायणको पूजा आराधना साथै तुलसी विवाह गरेर हरिवोधनी एकादशी मनाईँदै
आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा आराधना गरि मनाईँदैछ । आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा सयन गर्नुभएका अर्थात सुत्नुभएका भगवान् विष्णु आज उठ्नुहुने धार्मिक विश्वास रहेको छ । भगवान सुत्नुहुने एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने उठ्नुहुने...
-
२०७७ मङ्सिर ५, शुक्रबार
छठको तेश्रो दिन, आज अस्ताउँदो सुर्यलाई अर्घ दिइने
आज कार्तिक शुक्ल षष्ठी, छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको आज तेश्रो दिन साँझमा सुर्यलाई पूजा आराधना गरी अर्घ दिईँदैछ । आज अस्ताउँदो सूर्यलाई अर्घ...
-
२०७७ मङ्सिर २, मंगलबार
आज पनि किजापूजा गरिँदै
विभिन्न स्थानमा नेवारहरुको आज पनि किजापूजा (भाईटिका) गरिँदैछ । सुर्योदयको तिथि अनुसार पर्व मनाउने परम्परा रहेका नेवारहरुले आज भाईटिका गर्दैछन् । किजापूजा गर्दा तेलको मण्डप बनाई दिदीबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाइदिने गर्दछन् । किजापूजाको...
-
२०७७ कार्तिक ३०, आइतबार
यमपञ्चक अन्तर्गत आज गाइ पूजा गरिँदै
आज कार्तिक शुक्ल प्रतिपदा, यमपञ्चक अन्तर्गत आज गाई र गोरुको पूजा गरिँदैछ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकोले आज गाईको पूजा गर्ने गरिएको धार्मिक विश्वास छ भने खेत जोत्नको लागि साथ दिने भन्दै गोरुलाई समेत आजै पूजा गर्ने गरिन्छ । आजै गोरुको...
-
२०७७ कार्तिक २८, शुक्रबार
परम्परा धान्दै गर्दा एक किलो चिनी किन्न पनि गाह्रो
नेपालीहरुको दोश्रो महान चाड तिहार । दशैंको हर्षाेलास साथ नेपालीहरु तिहारको रौनकमा रमाउने गर्छन् । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागको पूजा गर्दै काग तिहारबाट शुरु हुने तिहारको मुख्य दिनको रुपमा कार्तिक कृष्ण औंशीदेखि कार्तिक शुक्ल द्वितीयाको...
-
२०७७ कार्तिक २७, बिहिबार
सांस्कृतिक विविधतलाई स्वीकार्न राजोपाध्याय समाजको आग्रह
बहुभाषिक, बहुसांस्कृतिक देश नेपालको सांस्कृतिक विविधितलाई स्वीकारी रमाईलोसँग चाडबाड मनाउन राजोपाध्याय समाजले आग्रह गरेको छ । समाजले विज्ञप्ती जारी गर्दै फरक भूगोलमा, फरक समुदायमा एउटै संस्कृति मनाउने तरीकामा फरकपना देखिनु स्वाभाविक भएको भन्दै आ–...
-
२०७७ कार्तिक २३, आइतबार
नेवार समुदायमा तिहारको तिथिको सम्वन्धमा यस वर्ष पनि अन्यौल
नेवार समुदायमा यस वर्ष पनि तिहार मनाउने सन्दर्भमा अन्यौल र विवादको स्थिती देखिएको छ । तिहार मनाउने दिनको विषयलाई लिएर पाटन र काठमाडौंबाट फरक विचारका दुई अलग अलग विज्ञप्ती प्रकाशन भएका छन् । न्हूदँ समारोह समिति ललितपुरले पात्रोमा उल्लेख भए अनुसार नै...




