सेतो मच्छिन्द्रनाथको महास्नान
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ ८, बिहिबार

सम्पन्न वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको महास्नान ‘जनबहाःद्यःयात धलिं लुइगु’ आज सम्पन्न भएको छ ।
आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको कनकचैत्य महाविहार जनबहालमा विधिपुर्वक मच्छिन्द्रनाथको महास्नान गराइएको हो ।
हरेक वर्ष पौष शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको महास्नान गर्ने परम्परा रहेको छ ।
यो दिन पानी पर्ने जनविश्वास रहेको छ ।
महास्नानको क्रममा मन्दिरमा रहेको मच्छिन्द्रनाथको मूर्तिलाई जनबहालस्थित मण्डपमा राख्न ल्याइन्छ । त्यसपछि भचाखुसी नदीबाट ल्याइएको जलबाट मछिन्द्रनाथलाई स्नान गराइन्छ । जलमा दुध, दहि, घ्यू आदि पनि मिसाई पंचामृतबाट महास्नान गराउने गरिन्छ ।
सो क्रममा दुई पटक चिसो पानीले र तेश्रो पटक तातो पानीले मच्छिन्द्रनाथलाई स्नान गराइन्छ ।
महास्नानको अवलोकन गर्न कुमारी समेत जनबहालमा पुगेकी थिइन् ।
अब महास्नानपछि भोलिबाट मच्छिन्द्रनाथको मूर्तिको आवश्यक मर्मत गर्नुका साथै रंगरोगन गर्ने गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘जनबहाःद्यःया लंपू छायेगु’ भनिन्छ । स्था
नीय भाषामा जनबहाःद्यः भनेर चिनिने सेतो मच्छिन्द्रनाथलाई हिन्दुहरुले मच्छिन्द्रनाथको रुपमा र बौद्धमार्गीले आर्याअवलोकितेश्वरको रुपमा मानि आएका छन् ।
Categorized in संस्कृति