arin enterprises

शिवको पूजाआराधना गर्दै शिवरात्री मनाईँदै

SamacharDesk – कल्चर ब्यूराे | २०७७ फाल्गुण २७, बिहिबार

आज देशैभर भगवान शिवको पूजा आराधना गर्दै शिवरात्री पर्व मनाईँदैछ ।

भगवान शिवको दर्शन र पूजा अर्चनाको लागि शिवालयहरुमा दर्शनार्थीहरुको घुईँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

पशुपतिनाथदेखि लिएर टोल टोलका ससाना शिव मन्दिरहरु पनि विशेष ढङ्गले सजाइएका छन् ।

आज दर्शनको लागि पशुपतिनाथको चारवटै ढोका विहानैदेखि खोलिएका छन् । आजको दिन नेपालका विभिन्न स्थानको साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन दर्शनको लागि पशुपति पुग्ने गर्दछन् ।

शिवरात्रीमा शैव धर्मावलम्बीहरु बिहानै नदी, कुण्ड वा तलाउमा गरु स्नान गरी शुद्ध भएर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गर्दछन् । पूजाको क्रममा भगवान शिवको प्रिय वस्तुको रुपमा लिइने दुध, धतुरो, बेलपत्र चढाउने गरिन्छ ।

आजै व्रत बसेर रातभर जाग्राम बस्ने चलन छ । यो दिन महिलाहरु महादेवजस्तै वर पाउँ भन्ने कामनासहित व्रत बस्ने गर्छन् । महाशिवरात्रीको व्रतलाई व्रतमध्ये सर्वोत्तम मान्ने गरिएको छ ।

आजकै दिनमा महादेव पार्वतीको विवाह भएको धार्मिक मान्यता रहि आएको छ भने समुद्र मन्थन गर्दा यहि दिनमा कालकुत विष निस्केको र महादेवले उक्त विष सेवन गरी नीलकण्ठ बनेको विश्वास पनि रहेको छ ।

साथै आज बेलुकी टोलटोलमा दाउरा बालेर आगो ताप्ने गरिन्छ । शिवरात्रीको आगो तापेपछि जाडो कम हुँदै जाने विश्वास समाजमा रहि आएको छ । 

Categorized in संस्कृति