आज सोमबारे औंशी मनाईँदै
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

आज मार्ग कृष्ण औंशीको दिन सोमबार । हिन्दु धर्म शास्त्र अनुसार सोमबारे औंशीको ठुलो महत्व छ ।
वर्षमा करीब ५२ वटा सोमबार पर्ने गर्दछ भने औंशीको १२ वटा पर्न आउँछ । तर सोमबारे औंशी भने वर्षको एउटा वा दुइटा मात्र पर्ने गर्दछ ।
सोमबारे औंशीका दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
यो पर्वमा स्नान गरेर पवित्र भइ शिवको पूजा गरेर दानधर्म गरेमा पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
वि.सं. १९९० साल माघ २ गते भुकम्प गएको दिनमा पनि सोमबारे औंशी नै परेको थियो । महाभुकम्प गएको त्यो दिन महाभुकम्प गएपछि सोमबारे औंशीलाई अशुभको संकेतको रुपमा पनि हेर्ने गरिएको छ ।
तर सोमबारे औंशीको ठुलो धार्मिक महत्व भएको र यस दिनले शुभ फल दिने ज्योतिषहरुको भनाई छ ।
Categorized in संस्कृति