arin enterprises

संस्कृति

  • २०७७ आषाढ १७, बुधबार

    आज हरिशयनी एकादशी, चतुर्मास प्रारम्भ

    आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आजको दिन सबैले घरघरमा तुलसी रोपिरहेका छन् । आजैबाट चतुर्मास प्रारम्भ हुने गर्दछ ।  आज घर घरमा रोपिएको तुलसीको विरुवालाई भगवान विष्णुको प्रतीकको रुपमा चार महिनासम्म नित्य पूजा गर्ने गरीन्छ भने आजबाट ठिक...

  • २०७७ आषाढ ११, बिहिबार

    रातो मछिन्द्रनाथको रथ बनाईँदै

    कोरोना महामारीको नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण रोकिएको रातो मछिन्द्रनाथ (मत्स्येन्द्रनाथ) अर्थात् करूणामय, बुंगद्यःको जात्राका लागि रथ निर्माण कार्य सुरू भएको छ । आज बिहान जावलाखेलबाट रथका पांग्राहरू तानेर ल्याई पुल्चोकमा रथको जग माथि...

  • २०७७ आषाढ ७, आइतबार

    आज खण्डग्रास सूर्यग्रहण

    आज असार अमावशी अर्थात् औसी । आज निकै लामो खण्डग्रास सूर्यग्रहण भइरहेको छ ।  आजको सूर्यग्रहण खण्डग्रास भएतापनि अवधिको हिसाबले निकै नै लामो छ । आज ३ घन्टा ३३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण रहनेछ । ३ घण्टा ३३ मिनेट भनेको चानचुने होइन । धार्मिक मान्यता...

  • २०७७ आषाढ २, मंगलबार

    घन्किन थाल्यो कृष्ण मन्दिरमा भजन

    निकै भयो यहाँ शंखको आवाज नसुनिएको, तबलाको ताल र हार्मोनियमको सुरसँगै भजन गुन्जिएको सुन्न धेरै भक्तजनहरु लालायित थिए । तर लकडाउनका कारण यहाँ भजन गुन्जिने समयमा सुनसान नै रहन्थ्यो । तर अब यहाँको वातावरण फेरीएको छ । साँझ ५ बजेपछि पाटन दरवार क्षेत्रमा...

  • २०७७ जेठ २६, सोमबार

    पाटन दरवार भित्रको नासल चोकको लथालिंग अवस्था

    काठमाडौं सहरबाट करिब ५ किलोमिटर दक्षिण पूर्वमा पाटन दरवार क्षेत्र छ । यस सहरको मुटुमा अवस्थित यस क्षेत्र कलात्मक सम्पदाहरूले भरिपूर्ण छ ।  विश्व सम्पदामा सुचीकृत ललितपुर दरवार क्षेत्रमा मुख्य गरी चारवटा चोक रहेका छन् । जसमध्ये एउटा नासल चोक  पनि हो...

  • २०७७ जेठ २३, शुक्रबार

    लकडाउनले रोकेन श्रीनिवास मल्लको सिंहासनलाई

    आज ललितपुरको ऐतिहासिक मंगलबजारको शान छुट्टै थियो । अरु बेलामै ऐतिहासिक वैभवले ठडिने मंगलबजारको शिर आज श्रीनिवास मल्लको सिंहासनले झनै शोभायमान बनेको थियो । आज जेष्ठ शुक्ल पुर्णिमा अर्थात ज्याः पुन्हि । हरेक वर्ष झैं आज ललितपुरको मंगलबजारमा ललितपुर...

  • २०७७ जेठ १५, बिहिबार

    सिथिनखःमा मंगःहितिको सरसफाई सम्पन्न

    आज सिथिनखः पर्वको अवसरमा पाटन दरवार क्षेत्रका ऐतिहासिक पानीका श्रोतहरु सरसफाई गरिएको छ । मंगल टोल सुधार संघको आयोजना र पाटन दरवार क्षेत्र, मंगलबजारका यूवाहरु मिलेर त्यस क्षेत्रका पानीका श्रोतहरु सरसफाई गरेका हुन् । विश्व सम्पदामा सुचिकृत पाटन...

  • २०७७ जेठ १५, बिहिबार

    पानीको मुहान सफा गरेर सिथिनखः मनाईँदै

    आज जेष्ठ शुक्ल षष्ठी, नेवार समुदायमा आज सिथिनखः पर्व मनाईँदैछ । यो पर्वलाई पानीको मुहान संरक्षण र पानीको महत्व दर्शाउने दिनको रुपमा लिन सकिन्छ ।  आजको दिन विशेष गरी ईनार, पोखरी, कुवा आदि लगायतका पानीको श्रोतको सरसफाइ गरी यो पर्व मनाइन्छ ।  प्रचण्ड...

  • २०७७ जेठ १२, सोमबार

    मुस्लिम समुदाय आज ईद पर्व मनाउँदै

    मुसलिम समुदाय आज ईद उल फित्र पर्व मनाउँदैछन् । रमजान महिना सकिएको खुसीयालिमा आज इद उल फित्र मनाइएको हो ।  अरवी पात्रो अनुसार हिजरी संवतको नवौं महिना रमजान महिनाभर व्रत बसी महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट ईद मनाउने चलन छ । ...

  • २०७७ जेठ ११, आइतबार

    इदको सार्वजनिक विदा सोमबार

    मुस्लिम समुदायको पर्व इद उल फितरको अवसरमा नेपाल सरकारले घोषणा गरेको सार्वजनिक विदाको सूचना सच्याएको छ । गृह मन्त्रालयले आइतबारका लागि घोषणा भएको ईद उल फितरको सार्वजनिक विदालाई सच्याएर सोमबारका लागि सारिएको छ । जेष्ठ १० गते नेपाल र दक्षिण एसियाभरबाट...

  • २०७७ जेठ १०, शनिबार

    घरमै बसी इद मनाउन मुस्लिम आयोगका अध्यक्षको अपिल

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार मनाइने ‘इद उल फितर’मा घरमै बसी इद मनाउन अपिल गर्नुभएको छ । रमजानको २९औं रोजा अर्थात व्रत सम्पन्न हुने अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै आयोगका अध्यक्ष अन्सारीले...

  • २०७७ बैशाख २५, बिहिबार

    लकडाउनमा दिप प्रज्वलन गर्दै मनाइयो बुद्ध जयन्ती

    आज वैसाख पुर्णिमा अर्थात बुद्ध जयन्ती । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मको साथै बुद्धत्व प्राप्ती र महापरिनिर्वाण भएको दिन । विगतका वर्षहरुमा भगवान गौतम बुद्ध र उनका उपदेशहरु सम्झिँदै विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो ।  यस...

  • २०७७ बैशाख १४, आइतबार

    आज वैशाख शुक्ल तृतीया, अक्षय तृतीया मनाईँदै

    आज वैशाख शुक्ल तृतीया, आजको दिनलाई अक्षय तृतीयाको रुपमा मनाइने गरिन्छ ।  आजको दिनमा स्नान गरी जौको सातु र सख्खरको सर्वत दान गर्नुका साथै खाने पनि गरिन्छ ।  यो दिन गरेको स्नान र दानलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । यस दिन गरेको स्नान, दान, ध्यान...

  • २०७७ बैशाख ११, बिहिबार

    महामारीको अवस्थामा ककसले कसरी मनाए मातृऔंशी

    आज वैसाख कृष्ण औंशी, मातृ औंशी अर्थात आमाको मुख हेर्ने दिन । यो दिन हरेकको लागि विशेष दिन हो ।  आफुलाई जन्म दिने आमालाई आदर र सम्मान त हरेक दिन गर्नुपर्ने हो । आमाप्रति सम्मान प्रकट गर्दै आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद थाप्ने दिन । विगतका...

  • २०७६ चैत्र ११, मंगलबार

    काठमाडौंमा सुनसान पाहाँचःर्हे

    चैत्र कृष्ण औंशी । यो दिन कहाँ यसरी सुनसान हुने दिन हो र । यो दिन त काठमाडौंका हरेक टोलमा उत्सव हुने गथ्र्यो ।  पाहाँचःर्हे अन्तर्गतको दोश्रो दिन । टोलटोलमा स्थानीय देवीदेवता खटमा विराजमान गराई खट जात्रा हुने गर्थ्यो भने यो दिन बालबालिकाहरुलाई मरःजा...

  • २०७६ चैत्र २, आइतबार

    ललितपुरमा अतिरुद्राभिषेक शुरु

    देशमा शान्ति र देशवासीको सुस्वास्थ्य र दीर्घायूको कामनासहित ललितपुरको कुम्भेश्वरमा अतिरुद्राभिषेक शुरु गरिएको छ । रुद्राभिषेकमा प्रत्येक विहान २४ जना राजोपाध्याय देव ब्राम्हणबाट पाठ हुँदैछ । २२ जना ब्राम्हणबाट रुद्रि पाठ हुँदैछ भने १ जनाबाट दुर्गा...

Pages