arin enterprises

यस वर्षको गुंला पर्व स्थगित

SamacharDesk – विकाश | २०७७ आषाढ २६, शुक्रबार

भक्तपुरमा यस वर्षको गुंला धर्मअन्तर्गत गुंला धलं एवम् गुंला बाजा परिक्रमालाई यो वर्ष स्थगित गरिने भएको छ । 

संक्रमण नियन्त्रण र न्यूनीकरणका लागि नगरका सांस्कृतिक गतिविधिलाई औपचारिक विधिमा मात्र सीमित गर्न भक्तपुर नगरपालिकाले आह्वान गरिरहेको सन्दर्भमा गुंला धर्म पनि स्थगित गरिने भएको हो ।

बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न विभिन्न गुंला बाजा समूहका सरोकारवालाहरुसँगको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा कोरोना जोखिम बढ्दै गइरहेको र समुदाय स्तरमै कोरोना संक्रमितहरु देखिएको अवस्थामा धेरै भीड हुने खालका गतिविधिहरु हुन नदिन आवश्यक पहलकदमी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी गुंला बाजाका प्रतिनिधिहरुले गुंला पर्वमा भक्तपुर बाहिरबाट पनि सहभागी हुने हुँदा यसले थप जोखिम बढाउने भन्दै यस वर्ष गुंला पर्व नमनाउने विषयमा सकारात्मक रहेको बताउनुभयो । 

सहभागीहरुले संक्रमण न्यूनीकरण र नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनलाई पालना गर्ने पक्षमा आफुहरु रहेको बताएका थिए ।

सरोकारवालाहरुको बैठकमा विश्वकर्मा गुंला बाजं खलः, साकोलान गुंला धलं, क्वःनेयाः गुंला बाजंका प्रतिनिधिहरुको सहभागिता थियो ।

यस वर्षको गुंला पर्व साउन ६ गतेबाट शुरु भएर एक महिनासम्म हुनेछ ।

Categorized in संस्कृति