arin enterprises

संस्कृति

  • २०७५ आश्विन १०, बुधबार

    किन देखाइएन मंगलबारको दिनमा दशअवतार

    थःनेयाः भनिने इन्द्रजात्रामा पुर्णिमाको दिनमा पनि वसन्तपुरमा दशअवतार देखाइएन । प्रदर्शनको सम्पूर्ण तयारी भइसकेर पनि व्यवस्थापकीय समस्याका कारण देखाइ दशअवतार प्रदर्शन नगरिएको हो । ईन्द्रजात्राको तेश्रो दिन दशअवतार प्रदर्शन नै हुन सकेन भने रथजात्रा...

  • २०७५ आश्विन ९, मंगलबार

    आज राष्ट्रप्रमूखलाई दशअवतार देखाइएन

    ईन्द्रजात्राको चौथो र महत्वपूर्ण दिन, सोमबार राष्ट्रप्रमुखको उपस्थितीमा दशअवतार प्रदर्शन हुन सकेन । कुमारी, भैरव र गणेशको रथयात्रा प्रारम्भ हुने चतुर्दशीको दिनमा राष्ट्रप्रमुखको उपस्थितीमा दशअवतार प्रदर्शन गरिनुपर्नेमा आज त्यसो हुन नसकेको हो । आज...

  • २०७५ आश्विन ७, आइतबार

    ईन्द्रजात्राको दीप्याखंको कोषका लागी एकैदिनमा २० लाख संकलित

    नेपालको पहिचान भनेकै यहाँको मूर्त अमूर्त संस्कृति र सम्पदा नै भएको हुँदा यसको संरक्षणमा सबै जुट्नुपर्नेमा जनप्रतिनिधीहरुले जोड दिएका छन् । ईन्द्रजात्राको क्रममा काठमाडौंको किलागलबाट निकालिने दीप्याखं र यसको आगमघरको संरक्षणको सम्बन्धमा आज काठमाडौंमा...

  • २०७५ आश्विन ७, आइतबार

    अन्ततः आज दशअतार बन्द नै भयो

    निरन्तरताकै आशंकाबीच प्रदर्शन थालिएको ईन्द्रजात्राको दशअवतार आइतबार तेश्रो दिनमा आएर रोकिएको छ । तेश्रो दिनसम्म पनि सम्बन्धित पक्षबाट आवश्यक बजेट उपलब्ध नहुँदा वाध्यताले नै वन्द गर्नुपरेको दशअवतार कलाकारहरुले बताएका छन् । दुइ दिन आफैंले खर्च गरी...

  • २०७५ आश्विन ७, आइतबार

    दशअवतारले आज पनि निरन्तर भयो

    ईन्द्रजात्राको दोश्रो दिन आज पनि दशअवतार प्रदर्शन निरन्तर भएको छ । निरन्तरताको आशंकाका बीच आज दोश्रो दिन चारवटा अवतार प्रदर्शन गरिएको छ । दशअवतार प्रदर्शनको क्रममा आज आज मत्स्य अवतार, कछप, बराह र नरसिंह अवतार प्रदर्शन गरिएको हो । हिजो भने गणेश र...

  • २०७५ आश्विन ६, शनिबार

    ईन्द्रजात्रा शुरु : कुन दिन केके हुन्छ ?

    विश्वभरी नेपाललाई चिनाइरहेको कुमारीको रथजात्रा सहित विभिन्न साँस्कृतिक झाँकिहरुको जात्रा ईन्द्रजात्रा काठमाडौंमा शुक्रबारबाट शुरु भएको छ । हनुमानढोकास्थित कालभैरवको अगाडि यःसिँ ठड्याइएसँगै काठमाडौं ईन्द्रजात्रामय बनेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल...

  • २०७५ आश्विन ६, शनिबार

    दशअवतार प्रदर्शनले निरन्तरता पायो

    निरन्तरताको आशंकाका बीच ईन्द्रजात्रा दशअवतार प्रदर्शनीले अन्ततः यसपाली पनि निरन्तरता पाएको छ । दशअवतार प्रदर्शन यसपाली निरन्तर नहुने चर्चाका बीच ईन्द्रजात्राको पहिलो दिन शुक्रबार दशअवतार प्रदर्शन गरियो । दशअवतारका कलाकार र गुठीबीच सहमति भएसँगै...

  • २०७५ आश्विन ४, बिहिबार

    भक्तपुर सम्बन्धी दुइ पूस्तक एकैसाथ सार्वजनिक

    भक्तपुरका सम्पदा, संस्कृति र इतिहास सम्बन्धी दुइवटा कृतिहरु आज एकैसाथ सार्वजनिक भएको छ । पत्रकार साथै साहित्यकार जितेन्द्र रसिकको अलकापुरी भक्तपुर र अनुसन्धाता एवमे संस्कृतिविद् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु आज एकैसाथ सार्वजनिक...

  • २०७५ भाद्र ३०, शनिबार

    विश्व सरसफाई दिवसमा स्वयम्भुमा सरसफाई

    सेप्टेम्बर १५, आज विश्व सरसफाई दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो । यहि क्रममा वज्राचार्य क्लबले स्वयम्भू परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । गुंला धर्म पनि सम्पन्न भएको र विश्व सरसफाई दिवस पनि पर्न आएको संयोगमा आज स्वयम्भु परिसरमा...

  • २०७५ भाद्र ३०, शनिबार

    इन्द्रजात्राको दश अवतार बन्द हुने अवस्थामा

    इन्द्रजात्राको अवसरमा कुमारी घर अगाडि प्रदर्शन गरिने दश अवतार आर्थिक समस्याका कारण वन्द हुने अवस्थामा पुगेको छ । दशअवतारका कलाकारहरुले आवश्यक रकम उपलब्ध नभइरहेको र सम्बन्धित पक्षबाट यसको लागी कुनै पनि पहल पनि नभइरहेको हुँदा वन्द गर्ने अवस्थामा...

  • २०७५ भाद्र २०, बुधबार

    ललितपुरमा भीमसेन जात्रा सम्पन्न

    ललितपुरको ऐतिहासिक भीमसेन जात्रा आज सम्पन्न भएको छ । ब्यापारी, व्यवसायीहरुको देवताका रुपमा पुजिने भीमसेनको खट जात्रा आज ललितपुरमा मनाइएको हो ।  वर्षेनी भाद्र कृष्ण नवमीका दिन मनाइने जात्रामा मंगलबजारस्थित भीमसेनको मूर्तिलाई खटमा बोकेर नगर परिक्रमा...

  • २०७५ भाद्र १७, आइतबार

    आज देशैभरि कृष्णजन्माष्टमी मनाईयो (फोटो फिचर सहित)

    आज भाद्र कृष्ण सप्तमी, श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइएको छ । द्वापर यूगमा आजकै रात भगवान श्रीकृष्णको जन्म भएको विश्वासका साथ आज श्रीकृष्ण जन्मोत्सवको रुपमा कृष्ण जन्माष्टमी पर्व मनाउने गरीन्छ । आज देशैभरका कृष्ण...

  • २०७५ भाद्र १५, शुक्रबार

    वर्षाका बीच पनि नरसिंह जात्रा मनाइयो

    ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने उपाकलं सायाः नरसिंह जात्रा आज धुमधामका साथ मनाइएको छ । ठुलै वर्षाका बीच पनि धिमेय्, बाजागाजा लगायत विभिन्न झाँकि सहित जात्रा धुमधामका साथ मनाईएको हो । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म...

  • २०७५ भाद्र १४, बिहिबार

    ललितपुरको नृसिंह जात्रा शुक्रबार हुँदै

    ललितपुरको प्राचीन नृसिंह जात्रा यसपालि आउँदो भाद्र १५ गते शुक्रबार मनाउन लागिएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने जात्रा यसपालि आउँदो भाद्र १५ गते पट्को टोलबाट मनाउन लागिएको हो । ललितपुरका राजोपाध्याय ब्राम्हण समुदायमा ज्येष्ठताको...

  • २०७५ भाद्र २, शनिबार

    सँस्कृतिविद् जुजुलाई सम्झिँदै श्रद्धान्जली दिइयो

    सँस्कृतिविद् स्व. वलदेव जुजुलाई सम्झिँदै काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ । राजोपाध्याय समाजले नेपाली सँस्कृति क्षेत्रमा सँस्कृतिविद्को रुपमा परिचित समाजका सल्लाहकार साथै आजीवन सदस्य जुजुलाई सम्झिँदै श्रद्धान्जली सभाको आयोजना गरेको हो...

  • २०७५ श्रावण २४, बिहिबार

    गथांमुगः घन्टाकर्ण हुँदै होइन

    हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदाय गथांमुगः पर्व मनाउँछन् । चतुर्दशीलाई नेपालभाषामा चःर्हे भनिन्छ र यो पर्व चतुर्दशीमा मनाइने हुँदा यसलाई गथांमुगः चःर्हे पनि भन्ने गरिन्छ । गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरिएको सुनिन्छ । गथांमुगः...

Pages