arin enterprises

मनमानेश्वरी आफ्नै आसनमा विराजमान गराईयो

SamacharDesk – कल्चर ब्युरो | २०७५ कार्तिक ५, सोमबार

मन्मानेश्वरी भवानीलाई खड्गसहित उनकै आसनमा विराजमान गराइएको छ । चतुर्थी पूजा सम्पन्न भएसँगै मन्मानेश्वरी भवानीलाई फिर्तियात्रा गराई मूछें आगममा खड्गसहित विराजमान गराइएको हो ।

पाटन दरबार मूल चोकस्थित बिद्यापिठमा मूछें आगमका पुजारी एवं गुठियार घनश्याम शर्माले लिच्छवीकालीन मनमानेवश्वरी भवानीको चतुर्थी पूजा गरेका थिए । फिर्तियात्रामा बाजागाजासहित गुठियार साम्राज्यदेव श्रेष्ठले खड्ग बोकेका थिए भने भवानीलाई पूजारी एवं गुठियारहरु उद्धव आचार्य राजोपाध्याय र शिवश्याम शर्माले बोकेका थिए । 

अन्य गुठियारहरु धुपबत्तीसहित यात्रामा सहभागी भएका थिए । मन्मानेश्वरी भवानीलाई खड्ग सहित विराजमान गराए पश्चात् विधिपूर्वक पूजापाठ सम्पन्न गरिएको थियो ।

Categorized in संस्कृति