संस्कृति
-
२०७६ फाल्गुण २८, बुधबार
ईन्द्रायणी मन्दिर परिसरमा सत्तलको शिलान्यास
काठमाडौं ढल्कोस्थित ईन्द्रायणी मन्दिर (लुति अजिमा) परिसरमा सत्तलको शिलान्यास भएको छ । बुधबार ईन्द्रायणी मन्दिर परिसरमै काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सत्तलको शिलान्यास गरे । ईन्द्रायणी मन्दिर परिसरमा आयोजित शिलान्यास कार्यक्रममा...
-
२०७६ फाल्गुण १५, बिहिबार
भव्य रुपमा सम्पन्न भयो इतिल्हने सम्यक
हरेक पाँच वर्षमा आयोजना हुने इतिल्हने सम्यक महादान ललितपुरमा सम्पन्न भएको छ । ‘दिपंकर पर्व’ नामबाट पनि प्रचलित यस महादान परम्परामा शाक्य भिक्षु, बज्राचार्यको साथै ललितपुर, काठमाडौं, भक्तपुर, किर्तिपुर र चोभार लगायत विभिन्न स्थानबाट दिपंकर बुद्ध,...
-
२०७६ फाल्गुण ९, शुक्रबार
यःसिँ ठड्याइएसँगै सम्यक महादानको विधिवत् शुरुवात
पाँच वर्षमा एकपटक ललितपुरमा आयोजना गरिने सम्यक महादान पर्व यसपालि यही फागुण १४ र १५ गते हुने भएको छ । हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा पर्व हुन लागेको हो । आयोजक समितिले बुधबार हिरण्यवर्ण...
-
२०७६ फाल्गुण ९, शुक्रबार
शिवको आराधना गर्दै महाशिवरात्री मनाईँदै
आज महाशिवरात्री । देवादिदेव महादेवको पूजा आराधना गर्दै आज देशैभरि आआफ्नो सँस्कृति अनुसार महाशिवरात्री पर्व मनाईँदैछ । देशभरिका विभिन्न शिवालयहरुमा आज महादेवको दर्शन र पूजा आराधना गर्ने भक्तजनहरुको ठुलै घुइँचो लागेको छ । विशेष गरेर आजको दिनमा...
-
२०७६ फाल्गुण २, शुक्रबार
आज विश्वभरि प्रेम दिवस मनाईँदै
आज १४ फेब्रुअरी । प्रेम दिवसको रुपमा आजको दिनलाई संसारभरि भ्यालेन्टाइन डे मनाईँदैछ । आजको दिन विशेष गरेर यूवाहरु आफ्नो प्रेमी, प्रेमीकालाई उपहार साटासाट गर्ने गरिन्छ । साथमा अरु दिनमा प्रेम प्रस्ताव राख्न नसकेका प्रेमीले आजको दिनमा प्रेम प्रस्ताव...
-
२०७६ माघ २४, शुक्रबार
‘हितिसँगै तीर्थस्थल पनि मासिँदै गइरहेको’
काठमाडौं उपत्यकाका हिति अर्थात ढुङ्गेधारासँगै यहाँको तीर्थस्थल र सँस्कृति मासिँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । काठमाडौं दरवारमार्गस्थित तीनधारामा आयोजित हिति संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले ढुङ्गेधारा संरक्षणमा जोड...
-
२०७६ माघ १, बुधबार
आज माघ १, देशैभरि माघे संक्रान्ती मनाईंदै
आज माघ १ गते, देशैभरि विभिन्न प्रकारले माघे संक्रान्ती मनाईंदैछ । आजको दिनलाई विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार विभिन्न प्रकारले मनाइरहेका छन् । नेवार समुदायले आजको दिनलाई घ्यःचाकु संल्हूको रुपमा मनाइरहेका छन् । घ्यः भनेको घ्यू र संल्हू...
-
२०७६ पौष २८, सोमबार
ठमेलस्थित छायाँ कम्प्लेक्स जनताले भत्काउने चेतावनी
ठमेलस्थित छायाँ कम्प्लेक्स सरकारले नभत्काए आफैले भत्काउने चेतावनी अभियन्ताहरुले दिएका छन् । ऐतिहासिक सम्पदा कमलपोखरी मासेर बनाइएको भन्दै छाँयादेवी कम्प्लेक्स अभियन्ताहरुले भत्काएरै छाड्ने चेतावनी दिएका हुन् । काठमाडौंमा सम्पन्न साक्षात्कार...
-
२०७६ पौष १२, शनिबार
जयवागेश्वरीको मन्दिरमा भित्तेचित्र भेट्टियो
पाशुपत क्षेत्र देवपाटनमा रहेको जयवागेश्वरीको मन्दिरमा पुरातात्विक महत्वका भित्ते चित्रहरु भेटिएका छन् । ७२ सालको भूकम्पमा क्षतिग्रस्त मन्दिरको पुननिर्माणको क्रममा उक्त भित्तेचित्रहरु भेटिएका हुन् । पुनर्निर्माणको क्रममा शुक्रबार मन्दिरमा पुरातात्विक...
-
२०७६ पौष ६, आइतबार
ढोकाबहालको नाथेश्वर मन्दिर जिर्णोद्धारपछि उद्घाटन
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं ढोकाबहालमा जिर्णोद्धार सम्पन्न नाथेश्वर (नासःद्यः)को मन्दिर उद्घाटन गर्नुभएको छ । आइतबार ढोकाबहालमा आयोजित एक कार्यक्रमका बीच मेयर शाक्यले रिबन काट्दै मन्दिरको उद्घाटन गर्नुभएको हो । सो...
-
२०७६ मङ्सिर २८, शनिबार
कार्तिक नाचको लागि १ करोड सहयोग
ललितपुरको ऐतिहासिक कार्तिक नाचको संरक्षण र दीगो व्यवस्थापनको लागि ललितपुर महानगरपालिकाले १ करोड सहयोग उपलब्ध गराउने भएको छ । शनिबार ललितपुरको कार्तिक डबलीमै आयोजना भएको एक कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त सहयोगको...
-
२०७६ मङ्सिर २६, बिहिबार
देशैभरका नेवारहरु यःमरि पुन्हि मनाउँदै
आज मार्गशीर्ष शुक्ल पुर्णिमा, देशैभरका नेवार समुदाय यःमरि पुन्हि मनाउँदैछन् । आज नेवाःहरु घरघरमा यःमरि पकाएर खाने र ख्वाउने गर्छन् । आजको दिनमा नयाँ बाली भित्र्याइ सोही चामलको पिठोबाट यःमरि बनाएर खाने गरिन्छ । साथमा उक्त भित्र्याइएको बालीको साथै...
-
२०७६ मङ्सिर १६, सोमबार
रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न
ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । भारतको अयोध्याबाट जनकपुर आएका जन्तीलाई सोमबार दिउँसो विशेष कार्यक्रमबीच बिदाइ गरिएपछि सात दिने विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी...
-
२०७६ मङ्सिर ९, सोमबार
पितृको नाममा सतबीज छर्दै बालाचतुर्दशी मनाइयो
आज मंसीर कृष्ण चतुर्दशी, दिवंगत पितृहरुको स्मरण गर्दै बालाचतुर्दशी मनाइयो । आजको दिन दिवंगत पितृहरुको नाममा काठमाडौंको पशुपति लगायत देशका विभिन्न स्थानमा रहेका शिवालयहरुमा शतवीज छरियो । आजको दिन पृथ्वीलोकमा छरिएको शतवीज पितृलोकमा गएर अकुंरण हुने र...
-
२०७६ मङ्सिर ७, शनिबार
किर्तिपुण्य महाविहारको मन्दिर जिर्णोद्धार सम्पन्न
काठमाडौंको लगनस्थित किर्तिपुण्य महाविहारमा अवस्थित मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । जिर्णोद्धार सम्पन्न भएसँगै मन्दिरको उद्घाटन समेत गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी मन्दिरको धार्मिक साथै औपचारिक रुपमा उद्घाटन गरियो । मन्दिरको...
-
२०७६ मङ्सिर ५, बिहिबार
हात्तीसारमा ढुङ्गेधाराको खोजी शुरु
काठमाडौं हात्तिसारको एक निजी जग्गामा पुरातात्विक र ऐतिहसिक महत्वको ढुंगेधाराको खोजीको लागि उत्खनन् शुरु भएको छ । सम्पदा अभियन्ताहरुको सक्रियतामा बिहिबारबाट उत्खनन् थालिएको हो । विहिबार उक्त जग्गामा डोजरले खन्दै जाँदा ढुंगेधारा रहेको भनिएको ठाउँमा...




