इदको सार्वजनिक विदा सोमबार
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ११, आइतबार

मुस्लिम समुदायको पर्व इद उल फितरको अवसरमा नेपाल सरकारले घोषणा गरेको सार्वजनिक विदाको सूचना सच्याएको छ ।
गृह मन्त्रालयले आइतबारका लागि घोषणा भएको ईद उल फितरको सार्वजनिक विदालाई सच्याएर सोमबारका लागि सारिएको छ ।
जेष्ठ १० गते नेपाल र दक्षिण एसियाभरबाट चन्द्रमा नदेखिएकोले उक्त पर्व १२ गते मनाउने निर्णय गरिएको छ ।
त्यहि भएर इद उल फितरको सार्वजनिक विदा सच्याएर सोमबारका लागि सारिएको हो ।
यसअघि गृह मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै इदको सार्वजनिक विदा आइतवारका लागि घोषणा गरेको थियो ।
Categorized in संस्कृति