arin enterprises

संस्कृति

  • २०७७ श्रावण १०, शनिबार

    रातो मछिन्द्रनाथलाई रथारोहण गराइयो

    विवाद र विभिन्न चर्चा परिचर्चाका बीच आज वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई पूल्चोकमा रथारोहण गराइएको छ । आज मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएसँगै मछिन्द्रनाथको रथजात्रा औपचारिक रुपमा सुरु भएको छ । रथमा विराजमान गराइएपनि रथ तान्ने दिन भने...

  • २०७७ श्रावण ७, बुधबार

    रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित

    ललितपुरको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित भएको छ । गुठी संस्थानले आज सूचना जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएकोमा कोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको जनाएको छ । संस्थानबाट जारी सूचनामा ज्योतिषबाट पुनः साइत...

  • २०७७ श्रावण ६, मंगलबार

    नेवार वौद्ध धर्मावलम्बिहरुको गुंला धर्म प्रारम्भ

    नेवार समुदायका वौद्ध धर्मावलम्विहरुले एक महिनासम्म गुंला धर्म आजबाट प्रारम्भ भएको छ । नेपाल सम्वत अनुसार १०औं महिना गुँलाभरि नेवार वौद्ध धर्मावलम्बिहरु गुंला धर्म मनाउने गर्दछन् । गुंला धर्म श्रावण शुक्ल प्रतिपदाबाट शुरु भई श्रावण कृष्ण भदौ कृष्ण...

  • २०७७ श्रावण ५, सोमबार

    यस वर्षको पहिलो साउने सोमबार र एक्लो शिव

    २०७७ सालको श्रावणको पहिलो सोमबार । श्रावणको सोमबारको ठुलो महिमा छ । श्रावणको सोमबार असल वर पाउने वा पतिको दीर्घायूको कामनासहित महिलाहरु व्रत वस्ने र शिवको आराधना गर्ने गर्दछन् । श्रावणका सोमबारहरुमा देशका विभिन्न शिवालयहरुमा महिलाहरुको भीड नै लाग्ने...

  • २०७७ श्रावण ४, आइतबार

    महामारीका बीच साधारण ढङ्गले मनाईयो गथांमुगः

    आज श्रावण कृष्ण पक्ष चतुर्दशी । आजको दिन नेवार समुदाय गथांमुगः मनाउने गर्छन् । हरेक वर्ष धुमधामका साथ मनाईने यो पर्व यस वर्ष कोरोना महामारीका बीच भने साधारण किसिमले औपचारिकता पूरा गर्दै मनाइएको छ । यो दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिएतापनि...

  • २०७७ श्रावण ३, शनिबार

    भक्तपुरमा गथांमुग चःर्‍हे र सापारु औपचारिकतामा सिमित हुने

    कोभिड १९ महामारीले यहाँका थुप्रै स्थानीय पर्व, परम्पराहरु प्रभावित भएका छन् थुप्रै जात्रापर्वका साथै साँस्कृतिक परम्पराहरु यसपालि रोकिएका छन् ।  भक्तपुरमा यस वर्ष गथांमुगः चःर्‍हेको साथमा सापारु (गाईजात्रा) नहुने भएको छ । भक्तपुर नगरपालिकाले यस वर्ष...

  • २०७७ श्रावण ३, शनिबार

    ललितपुरको प्राचिन पर्व मतयाः स्थगित

    ललितपुरमा प्राचिनकालदेखि सञ्चालन हुँदै आएको न्येकू जात्रा अर्थात् मतयाः यस वर्ष आयोजना नहुने भएको छ । न्यकू जात्रा, मतयाः व्यवस्थापन मूल समितिले शुक्रबार सूचना जारी गर्दै ओकुबहालबाट आयोजना हुनुपर्ने यस वर्षको पर्व कोभिड १९ महामारीका कारण स्थगित भएको...

  • २०७७ श्रावण १, बिहिबार

    आज श्रावण संक्रान्ति, लुतो फालिँदै

    आज साउन १ गते अर्थात् श्रावण संक्रान्ति । विशेष गरी किसानहरु लुतो फाल्दै श्रावण संक्रान्ति मनाईँदैछ । असार महिनाको रोपाईँ सकिने र लुतो लाग्ला भन्ने डरले आजको शरीरको सरसफाई गरी किसानहरुले लुतो फाल्ने गर्दछन् । कागती, अम्बा, नासपाती, अनार, आदि...

  • २०७७ आषाढ २९, सोमबार

    सिद्धिपुरमा पनि गुंला पर्व स्थगित

    नेपाल सम्वत अनुसार नवौं महिना गुंला । नेवार समाजको यस महिनाको ठुलो महत्व छ ।  गुंलालाई धार्मिक गुणले भरिएको महिनाको रुपमा लिइन्छ ।  नेपालभाषामा ला भन्नाले महिना बुझिन्छ । गुणले भरिएको गुणी महिना भएकोले यो महिनालाई गुणीला भनिएको र गुणीला शब्द नै...

  • २०७७ आषाढ २६, शुक्रबार

    यस वर्षको गुंला पर्व स्थगित

    भक्तपुरमा यस वर्षको गुंला धर्मअन्तर्गत गुंला धलं एवम् गुंला बाजा परिक्रमालाई यो वर्ष स्थगित गरिने भएको छ ।  संक्रमण नियन्त्रण र न्यूनीकरणका लागि नगरका सांस्कृतिक गतिविधिलाई औपचारिक विधिमा मात्र सीमित गर्न भक्तपुर नगरपालिकाले आह्वान गरिरहेको...

  • २०७७ आषाढ २३, मंगलबार

    मच्छिन्द्रनाथको जात्रा रोक्न निर्देशन

    पाटनमा रातो मच्छिन्द्रनाथको जात्रा रोक्न रोक्न गुठी संस्थान ललितपुरले निर्देशन दिएको छ । रातो मच्छिन्द्रनाथको जात्राको क्रममा भोलि पूल्चोकमा रथारोहण गर्ने कार्यक्रम रहेको थियो ।  पछिल्लो समयमा उपत्यकामा कोरोना संक्रमण बढदै गएकाले भोली हुने भनिएको...

  • २०७७ आषाढ २३, मंगलबार

    मल्ल राजालाई श्रावणीकर्म र नृसिंह जात्राको निमन्त्रणा

    असार पूर्णिमा अर्थात गुरु पूर्णिमा । यो दिन आफुलाई शिक्षादिक्षा दिने, जीवनमा सहि मार्ग देखाउने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । काठमाडौं उपत्यकाका आदिवासी देव ब्राम्हण समुदाय राजोपाध्यायको लागि यो दिन विशेष रहेको छ । यो दिन ललितपुरका देव...

  • २०७७ आषाढ १७, बुधबार

    आज हरिशयनी एकादशी, चतुर्मास प्रारम्भ

    आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आजको दिन सबैले घरघरमा तुलसी रोपिरहेका छन् । आजैबाट चतुर्मास प्रारम्भ हुने गर्दछ ।  आज घर घरमा रोपिएको तुलसीको विरुवालाई भगवान विष्णुको प्रतीकको रुपमा चार महिनासम्म नित्य पूजा गर्ने गरीन्छ भने आजबाट ठिक...

  • २०७७ आषाढ ११, बिहिबार

    रातो मछिन्द्रनाथको रथ बनाईँदै

    कोरोना महामारीको नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण रोकिएको रातो मछिन्द्रनाथ (मत्स्येन्द्रनाथ) अर्थात् करूणामय, बुंगद्यःको जात्राका लागि रथ निर्माण कार्य सुरू भएको छ । आज बिहान जावलाखेलबाट रथका पांग्राहरू तानेर ल्याई पुल्चोकमा रथको जग माथि...

  • २०७७ आषाढ ७, आइतबार

    आज खण्डग्रास सूर्यग्रहण

    आज असार अमावशी अर्थात् औसी । आज निकै लामो खण्डग्रास सूर्यग्रहण भइरहेको छ ।  आजको सूर्यग्रहण खण्डग्रास भएतापनि अवधिको हिसाबले निकै नै लामो छ । आज ३ घन्टा ३३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण रहनेछ । ३ घण्टा ३३ मिनेट भनेको चानचुने होइन । धार्मिक मान्यता...

  • २०७७ आषाढ २, मंगलबार

    घन्किन थाल्यो कृष्ण मन्दिरमा भजन

    निकै भयो यहाँ शंखको आवाज नसुनिएको, तबलाको ताल र हार्मोनियमको सुरसँगै भजन गुन्जिएको सुन्न धेरै भक्तजनहरु लालायित थिए । तर लकडाउनका कारण यहाँ भजन गुन्जिने समयमा सुनसान नै रहन्थ्यो । तर अब यहाँको वातावरण फेरीएको छ । साँझ ५ बजेपछि पाटन दरवार क्षेत्रमा...

Pages