संस्कृति
-
२०७७ श्रावण १६, शुक्रबार
चाँगु नारायणको कलश यात्रा हनुमान ढोका ल्याइयो
चाँगुनारायणको कलश आज हनुमान ढोका ल्याइएको छ । चाँगुनारायणयको कलश यात्राको परम्परा अनुसार आज साउन शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश हनुमान ढोका ल्याइएको हो । चाँगुनारायणको कलशलाई चाँगुबाट मुलपानी, बौद्ध, चावहिल, नक्साल, कमलादी, रानीपोखरी हुँदै...
-
२०७७ श्रावण १३, मंगलबार
पाटनमा यस वर्ष परम्परागत गाईजात्रा स्थगित
कोरोना महामारीका कारण यस वर्ष पाटनमा गाईजात्रा पर्व स्थगित गरिएको छ । कृष्ण गुठीले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्षको गाईजात्रा स्थगित गरिएको जनाएको छ । काठमाडौं उपत्यकाका साथै नेवारहरुको बसोबास रहेको विभिन्न स्थानमा दिवंगतको नाममा भाद्र...
-
२०७७ श्रावण १३, मंगलबार
पाटनमा पञ्चदान पर्व मनाइयो
आज पाटन शहरभरी वौध्द धर्मावलम्बिहरुले पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष श्रावण शुक्ल अष्टमीका दिनमा पाटनका वौद्ध धर्मावलम्बिहरु पञ्चदान पर्व मनाउने गर्छन् । श्रावण शुक्ल पक्षदेखि भाद्र औशीसम्म नेपाल सम्वत अनुसार गुंला महिना पर्न आउँछ । यो महिना...
-
२०७७ श्रावण १०, शनिबार
नागपञ्चमीमा आज घरघरमा नाग पूजा गरीयो
आज श्रावण शुक्ल पञ्चमी, नेपालका साथै भारतमा समेत आज घरघरमा नाग पूजा गरी नागपपञ्चमी मनाइएको छ । आजको दिन सबैले आफ्नो घरको मूल ढोकामा नागको फोटो टाँसेर त्यसमा गोबर, दुबो, तोरी, दुध र पैसा आदि राखी पूजा गर्ने गर्छन् । यसको साथै उपत्यकामा पानीका...
-
२०७७ श्रावण १०, शनिबार
रातो मछिन्द्रनाथलाई रथारोहण गराइयो
विवाद र विभिन्न चर्चा परिचर्चाका बीच आज वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई पूल्चोकमा रथारोहण गराइएको छ । आज मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएसँगै मछिन्द्रनाथको रथजात्रा औपचारिक रुपमा सुरु भएको छ । रथमा विराजमान गराइएपनि रथ तान्ने दिन भने...
-
२०७७ श्रावण ७, बुधबार
रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित
ललितपुरको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित भएको छ । गुठी संस्थानले आज सूचना जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएकोमा कोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको जनाएको छ । संस्थानबाट जारी सूचनामा ज्योतिषबाट पुनः साइत...
-
२०७७ श्रावण ६, मंगलबार
नेवार वौद्ध धर्मावलम्बिहरुको गुंला धर्म प्रारम्भ
नेवार समुदायका वौद्ध धर्मावलम्विहरुले एक महिनासम्म गुंला धर्म आजबाट प्रारम्भ भएको छ । नेपाल सम्वत अनुसार १०औं महिना गुँलाभरि नेवार वौद्ध धर्मावलम्बिहरु गुंला धर्म मनाउने गर्दछन् । गुंला धर्म श्रावण शुक्ल प्रतिपदाबाट शुरु भई श्रावण कृष्ण भदौ कृष्ण...
-
२०७७ श्रावण ५, सोमबार
यस वर्षको पहिलो साउने सोमबार र एक्लो शिव
२०७७ सालको श्रावणको पहिलो सोमबार । श्रावणको सोमबारको ठुलो महिमा छ । श्रावणको सोमबार असल वर पाउने वा पतिको दीर्घायूको कामनासहित महिलाहरु व्रत वस्ने र शिवको आराधना गर्ने गर्दछन् । श्रावणका सोमबारहरुमा देशका विभिन्न शिवालयहरुमा महिलाहरुको भीड नै लाग्ने...
-
२०७७ श्रावण ४, आइतबार
महामारीका बीच साधारण ढङ्गले मनाईयो गथांमुगः
आज श्रावण कृष्ण पक्ष चतुर्दशी । आजको दिन नेवार समुदाय गथांमुगः मनाउने गर्छन् । हरेक वर्ष धुमधामका साथ मनाईने यो पर्व यस वर्ष कोरोना महामारीका बीच भने साधारण किसिमले औपचारिकता पूरा गर्दै मनाइएको छ । यो दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिएतापनि...
-
२०७७ श्रावण ३, शनिबार
भक्तपुरमा गथांमुग चःर्हे र सापारु औपचारिकतामा सिमित हुने
कोभिड १९ महामारीले यहाँका थुप्रै स्थानीय पर्व, परम्पराहरु प्रभावित भएका छन् थुप्रै जात्रापर्वका साथै साँस्कृतिक परम्पराहरु यसपालि रोकिएका छन् । भक्तपुरमा यस वर्ष गथांमुगः चःर्हेको साथमा सापारु (गाईजात्रा) नहुने भएको छ । भक्तपुर नगरपालिकाले यस वर्ष...
-
२०७७ श्रावण ३, शनिबार
ललितपुरको प्राचिन पर्व मतयाः स्थगित
ललितपुरमा प्राचिनकालदेखि सञ्चालन हुँदै आएको न्येकू जात्रा अर्थात् मतयाः यस वर्ष आयोजना नहुने भएको छ । न्यकू जात्रा, मतयाः व्यवस्थापन मूल समितिले शुक्रबार सूचना जारी गर्दै ओकुबहालबाट आयोजना हुनुपर्ने यस वर्षको पर्व कोभिड १९ महामारीका कारण स्थगित भएको...
-
२०७७ श्रावण १, बिहिबार
आज श्रावण संक्रान्ति, लुतो फालिँदै
आज साउन १ गते अर्थात् श्रावण संक्रान्ति । विशेष गरी किसानहरु लुतो फाल्दै श्रावण संक्रान्ति मनाईँदैछ । असार महिनाको रोपाईँ सकिने र लुतो लाग्ला भन्ने डरले आजको शरीरको सरसफाई गरी किसानहरुले लुतो फाल्ने गर्दछन् । कागती, अम्बा, नासपाती, अनार, आदि...
-
२०७७ आषाढ २९, सोमबार
सिद्धिपुरमा पनि गुंला पर्व स्थगित
नेपाल सम्वत अनुसार नवौं महिना गुंला । नेवार समाजको यस महिनाको ठुलो महत्व छ । गुंलालाई धार्मिक गुणले भरिएको महिनाको रुपमा लिइन्छ । नेपालभाषामा ला भन्नाले महिना बुझिन्छ । गुणले भरिएको गुणी महिना भएकोले यो महिनालाई गुणीला भनिएको र गुणीला शब्द नै...
-
२०७७ आषाढ २६, शुक्रबार
यस वर्षको गुंला पर्व स्थगित
भक्तपुरमा यस वर्षको गुंला धर्मअन्तर्गत गुंला धलं एवम् गुंला बाजा परिक्रमालाई यो वर्ष स्थगित गरिने भएको छ । संक्रमण नियन्त्रण र न्यूनीकरणका लागि नगरका सांस्कृतिक गतिविधिलाई औपचारिक विधिमा मात्र सीमित गर्न भक्तपुर नगरपालिकाले आह्वान गरिरहेको...
-
२०७७ आषाढ २३, मंगलबार
मच्छिन्द्रनाथको जात्रा रोक्न निर्देशन
पाटनमा रातो मच्छिन्द्रनाथको जात्रा रोक्न रोक्न गुठी संस्थान ललितपुरले निर्देशन दिएको छ । रातो मच्छिन्द्रनाथको जात्राको क्रममा भोलि पूल्चोकमा रथारोहण गर्ने कार्यक्रम रहेको थियो । पछिल्लो समयमा उपत्यकामा कोरोना संक्रमण बढदै गएकाले भोली हुने भनिएको...
-
२०७७ आषाढ २३, मंगलबार
मल्ल राजालाई श्रावणीकर्म र नृसिंह जात्राको निमन्त्रणा
असार पूर्णिमा अर्थात गुरु पूर्णिमा । यो दिन आफुलाई शिक्षादिक्षा दिने, जीवनमा सहि मार्ग देखाउने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । काठमाडौं उपत्यकाका आदिवासी देव ब्राम्हण समुदाय राजोपाध्यायको लागि यो दिन विशेष रहेको छ । यो दिन ललितपुरका देव...




