arin enterprises

आज भाद्र कृष्ण अष्टमी, कृष्ण जन्माष्टमी मनाईँदै

SamacharDesk – बिकाश | २०७७ श्रावण २७, मंगलबार

आज भाद्र कृष्ण अष्टमी, नेपालको साथै भारतमा समेत भगवान श्री कृष्णको पूजा आराधना गरी श्री कृष्ण जन्माष्टमी मनाईँदैछ ।

भगवान नारायणका आठौं अवतारको रुपमा लिइने भगवान श्री कृष्णको जन्म द्वापर यूगमा आजकै दिन मथुरा नगरीमा कृष्णको कारागारभित्र भएको मानिन्छ ।

‘धरतीमा जब जब अत्याचार बढ्छ, त्यसको अन्त्य गर्न म जन्म लिन्छु’ भनी नारायणले भने अनुसार कंशको अत्याचारबाट संसारलाई मुक्ति दिलाउन कृष्णको रुपमा जन्म लिएको विश्वास गरिन्छ ।

कृष्णको जन्म राती भएको हुनाले आजको रातलाई मोहरात्री भन्ने गरिन्छ । 

वर्षमा चार महत्वपूर्ण रातहरु रहेका छन् । दशैंको कालरात्री, तिहारमा सुखरात्री, शिवरात्री र आजको मोहरात्री ।

आजको दिन विशेष गरेर श्रीकृष्णको पूजा आराधना गर्दै व्रत वस्ने र र भजन किर्तन गर्दै रातभरी जाग्राम बस्ने प्रचलन छ ।

कृष्ण जन्माष्टमीमा विशेष गरेर कृष्णका मन्दिरहरुमा पूजा अर्चना गर्नेको भीड लाग्दछ ।

पाटन मंगलबजारस्थित कृष्ण मन्दिरमा त यो दिन मेला नै लाग्ने गर्दछ ।

तर यस वर्ष कोरोना महामारीका कारण सर्वसाधारणका लागि कृष्ण मन्दिर खुल्ला गरिएको छैन । 

कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगको प्रणेता पनि मानिन्छ ।

महाभारतको युद्ध पूर्व अर्जुनलाई कृष्णले दिएको उपदेश ‘श्रीमद्भागवत गीता’ वैष्णव धर्मावलम्बिहरुको लागि निकै महत्वपूर्ण र ज्ञानवद्र्धक ग्रन्थको रुपमा लिइन्छ ।

Categorized in संस्कृति