arin enterprises

चैत्य देवीसहित पाँच साधकहरू अभिनन्दित हुने

SamacharDesk – विजयरत्न | २०८३ श्रावण १८, सोमबार

साहित्यिक पत्रकार सङ्घले आफ्नो ५५औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका पाँच विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ ।

संघले दिवसको अवसरमा नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिए बापत वरिष्ठ संस्कृतिविद्  डा. पुरुषोत्तम लोचन श्रेष्ठलाई अभिनन्दन गर्ने भएको छ ।

त्यस्तै नेपाली चित्रकलामा पुर्याएको योगदानबापत वरिष्ठ चित्रकार प्रा. मदन चित्रकार, नेपाली साहित्य क्षेत्रमा वरिष्ठ कवि ज्ञान उदास, नेपाली कला क्षेत्रमा वरिष्ठ कलाकारद्वय चैत्यदेवी सिंह र सन्तोष पन्तलाई अभिनन्दन गरिने भएको हो ।

यस अभिनन्दनका लागि वरिष्ठ साहित्यकारहरू प्रमोद प्रधान संयोजक र नरेन्द्रबहादुर श्रेष्ठ र श्रीओम श्रेष्ठ “रोदन“ सदस्य रहेको सिफारिस समिति बनेको थियो ।

संघको स्थापना वि. सं. २०२९ मा भएको थियो । संघले यस अघि विभिन्न क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई .अभिनन्दन गरिसकेको छ । 

Categorized in पेजथ्री