कृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिर बन्द रहने
SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण २३, शुक्रबार

कृष्ण जन्माष्टमीको दिन पाटन मंगलबजारस्थित कृष्ण मन्दिर यस वर्ष कोरोना महामारीका कारण बन्द गरिने भएको छ ।
ललितपुर महानगरपालिका र मंगल टोल सुधार संघले विहिबार संयुक्त विज्ञप्ती जारी गर्दै कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिर बन्द रहने सूचना सार्वजनिक गरेको हो ।
कृष्ण जन्माष्टमीका दिन पाटनको मंगलबजारस्थित कृष्ण मन्दिरमा विशेष मेला नै लाग्ने गर्दछ ।
यस दिन नेपाल लगायत भारतबाट समेत लाखौंकै संख्यामा भक्तजनहरु यहाँ पुग्ने गर्दछन् ।
सो दिन कृष्ण मन्दिरमा राष्ट्र प्रमुखको समेत सवारी हुने गर्दछ ।
भीडभाडमा संक्रमण फैलिने सम्भावना बढ्ने र महामारीको समयमा जमघट, भेला, आदि गर्न नमिल्ने भएकोले यस्तो निर्णय लिइएको हो ।
विहिबार ललितपुर महानगरपालिका कार्यालयमा सम्पन्न महानगरपालिकाका कर्मचारी, पूजारी, मंगल टोल सुधार संघ तथा सरोकारवालाहरु बीच भएको बैठकबाट कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरिएको हो ।
सरोकारवाला निकायहरुले कृष्ण मन्दिर बन्द रहेपनि आ–आफ्नो आस्था अनुसार घरघरमै पूजाआजा गरी आफ्नो परम्परालाई निरन्तरता दिन अपिल गरिएको छ ।
Categorized in संस्कृति