arin enterprises

मुसलिम धर्मावलम्बिहरु बकर ईद मनाउँदै

SamacharDesk – बिकाश | २०७७ श्रावण १७, शनिबार

आज इस्लाम धर्मावलम्बीहरु इद उल अज्हा मनाउँदैछन् ।

मुसलिम समुदायमा इद उल फित्रपछिको दोश्रो ठुलो पर्वको रुपमा ईद उल अज्हालाई लिइन्छ । ईद उल फित्र मनाएको ७०औँ दिनमा इद उल अज्हा मनाउने परम्परा रहेको छ ।

तीन दिनसम्म मनाइने ईद उल अज्हालाई बलिदान दिने पर्वको रुपमा लिइन्छ । यस पर्वलाई बकर ईद पनि भनिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउन थालिएको किम्वदन्ति मुसलिम समुदायमा प्रचलित छ ।

आजको दिन मुसलिम धर्मावलम्बिहरु मस्जिदमा भेला भई नमाज पढ्ने गर्छन् । नमाज पढिसकेर एक आपसमा ईद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।

यो पर्वमा विशेष गरी बलिको महत्व रहेको छ । इसलामले जायज मानेका जनावरलाई बलि दिने गरीन्छ ।

नमाज पढिसकेर घरमा गई बलि दिने र त्यसलाई तीन भाग लगाउने गरीन्छ । एक भाग परिवारको लागि छुट्याइन्छ भने एक भाग पाहुनलाई र अर्को एक भाग गरीवहरुलाई दान दिने गरिन्छ ।

यसपालि कोरोना भाईरस महामारीका कारण ईद उल अज्हा पनि प्रभावित हुन पुगेको छ । संक्रमणको जोखिम कायम रहेको भन्दै राष्ट्रिय मुस्लिम आयोगले सबै मुसलिम धर्मावलम्बिलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।

Categorized in संस्कृति