पाटनमा पञ्चदान पर्व मनाइयो
SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण १३, मंगलबार

आज पाटन शहरभरी वौध्द धर्मावलम्बिहरुले पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष श्रावण शुक्ल अष्टमीका दिनमा पाटनका वौद्ध धर्मावलम्बिहरु पञ्चदान पर्व मनाउने गर्छन् ।
श्रावण शुक्ल पक्षदेखि भाद्र औशीसम्म नेपाल सम्वत अनुसार गुंला महिना पर्न आउँछ । यो महिना स्थानीय नेवार समुदायले गुंला धर्म भनेर धार्मिक गतिविधिहरु गर्दै मनाउँछन् ।
यस महिनाभरी दान, धर्म गर्नुपर्ने मान्यता तथा परम्परा छ । दान मध्ये महादानको रुपमा लिइने पञ्चदानलाई स्थानीय नेवार समुदायले पंजरां भन्ने गरेका छन् ।
पंजरां पर्वमा बहाल तथा बहिलमा सम्बन्धित शाक्य तथा बज्राचार्यलाई धान, गहुँ, चामल, जौ, केराऊ, फलफूल, द्रव्य, आदि दान दिने गरिन्छ ।
साथै, यस पर्वमा पाटनका विभिन्न बहाल तथा बहिलका दिपंकर बुद्धको मूर्तिहरु बाहिर प्रदर्शन गर्ने पनि गरिन्छ । क्वाःबहाल अर्थात् हिरण्यवर्ण महाविहारमा विभिन्न स्थानका दिपंकर बुद्धका प्रतिमाहरु ल्याउने प्रचलन रहेको छ ।
आजको दिनमा पाटनमै मात्र यो पर्व मनाइने गरेको पाइन्छ । काठमाडौं, भक्तपुर लगायत वौद्धधमावलम्बीहरुको बसाई रहेको अन्य स्थानमा भने भाद्र कृष्ण त्रयोदशीका दिन पञ्चदान पर्व मनाइन्छ ।
पंजरांसँग जोडिएको किम्वदन्ति
पाटनमा यो पर्व गुइतः बहिलबाट सुरु हुन्छ । यस बारे एउटा रोचक किम्बदन्ती समाजमा प्रचलित छ ।
परापूर्वका कालमा दान लिन दिपंकर बुद्ध गुइतःबहिल आउने गर्थे । बुद्ध आउन अघि तत्कालिन राजाले दान गर्न सुन, चाँदी, आदि चाङ लगाएर राखेका थिए ।
त्यसै समय एउटी बूढी आइमाइ एक मुठी धान लिएर राजा बसिरहेकै स्थानको अर्कोपट्टि बसेर बुद्धको प्रतिक्षा गरीरहेकी थिइन् ।
जब दिपंकर बुद्धको आगमन भयो, । उनले राजा र आईमाई दुवैजनालाई देखे ।
बुद्धले सुरुमा बुढी आमासँग दान लिन गए ।
बुढि आईमाईले निसंकोच, मनमा कुनै लोभ दान गरेकी भएर बुद्धलाई एक मुठी धान पनि गर्हुँगो भयो ।
यो देखेर राजा आश्चर्यमा परे । यसपछि राजाले दान भनेको अरुलाई देखाउन वा लोभमा नपरी स्वच्छ मन र स्वइच्छाले गर्नुपर्ने रहेछ भनेर बुझे ।
यही कारणले पाटनमा पञ्चदान पर्व गुइतःबाट सुरु हुने गर्दछ ।
पाटनका मल्ल राजा श्रीनिवास मल्लको शासनकालको राजसिंहासन पनि यही पर्वको दिनमा ओकुबहालस्थित महाबोधिगृहका जोधाजुले पिण्डपात्र दान गरी कदम्बवृक्ष सहितको स्वर्ण सिंहासन चढाएका थिए ।
Categorized in संस्कृति