arin enterprises

संस्कृति

  • २०७६ कार्तिक २६, मंगलबार

    आज उपत्यकामा सकिमिला पुन्हि मनाईँदै

    आज कार्तिक शुल्क पुर्णिमा, उपत्यकाका नेवार समुदायले सकिमिला पुन्हि मनाएका छन् । तिहारपछि आउने यस पुर्णिमालाई सकिमना पुन्हि पनि भन्ने गरिन्छ । खानाको विभिन्न परिकारको धनी नेवार समुदायले यो पर्व विशेष गरी गेडागुडीसँग सम्वन्धित छ । आजको दिन काठमाडौं...

  • २०७६ कार्तिक २२, शुक्रबार

    भगवान विष्णु ब्युँझिने दिन, आज हरिबोधिनी एकादशी

    आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । देशभरका विष्णु मन्दिरहरुमा भगवान विष्णुको दर्शन र पूजा आराधना गर्न भक्तजनहरु भेला भइरहेका छन् । हरिबोधिनी एकादशी भगवान विष्णुको ठुलो महिमा भएको दिनको रुपमा पनि लिने गरिन्छ । त्यसैले यसलाई ठुलो एकादशी...

  • २०७६ आश्विन ७, मंगलबार

    यसपालीको तिहारमा पनि तिथि अलमल

    यस वर्षको तिहारमा कार्तिक १२ गते नै म्हपूजा मनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । काठमाडौंमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा १२ गतेकै दिन म्हपूजाको साथमा नेपाल सम्वतको नयाँ वर्ष समेत मनाउन आग्रह गरिएको हो । कार्यक्रममा बोल्दै वाङमय...

  • २०७६ भाद्र १३, शुक्रबार

    आज बुबाको मुख हेर्ने दिन

    आज भाद्रकृष्ण औंसी, बुबाको मुख हेर्ने दिनको रुपमा मनाईँदैछ ।  आजको दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ, फलफुल आदिको साथमा विभिन्न उपहारहरु समेत दिएर आदर सम्मान प्रकट गर्ने गर्छन् । प्रविधिको विकाससँगै परदेशमा बसिरहेकाहरुले पनि सहजै बुबाको...

  • २०७६ भाद्र ११, बुधबार

    मेयर शाक्यले पनि लिए पञ्चदान

    काठमाडौं र भक्तपुरका वौद्ध धर्मावलम्बि नेवार समुदायले आज पञ्चदान पर्व धुमधामका साथ मनाएका छन् । वौद्ध परम्परा अनुसार आज भाद्र कृष्ण त्रयोदशीका दिन विभिन्न बहाः र बहिहरुमा पञ्चदान गरिएको हो । पञ्चदान अन्तर्गत हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी आँगन, बहाः...

  • २०७६ भाद्र ३, मंगलबार

    दीगो व्यवस्थापनतर्फ लम्कँदै उपाकलं सायाः नरसिंह जात्रा

    हरेक वर्ष भाद्र कृष्ण पञ्चमिको दिन विश्व शान्तिको कामना गर्दै ललितपुरमा शान्त स्वरुपका नरसिंहको जात्रा ‘उपाकलं सायाः’ निकालिन्छ । आज पनि धुमधामका साथ यो जात्रा सम्पन्न भएको छ । विगतमा आर्थिक समस्यामा जेलिँदै सञ्चालन हुँदै आएको जात्रामा यसपालिबाट भने...

  • २०७६ भाद्र ३, मंगलबार

    शान्त स्वरुपका नरसिंह पनि छन् ललितपुरमा

    नरसिंह – भगवान नारायणका चौथो अवतार । हिरण्यकश्यपुको वध गर्दै आफ्ना भक्त प्रल्हादको रक्षा गर्न नारायणले नरसिंह अवतार लिएका थिए । नरसिंह भन्ने वित्तिकै सबैले कल्पना गरिहाल्छन् मानव शरीर तर टाउको सिंहको । एकदमै उग्र रुप भएका । तर काठमाडौं उपत्यकाको...

  • २०७५ चैत्र ३०, शनिबार

    शुरु भयो सेतो मच्छिन्द्रनाथको जात्रा

    सेतो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौंमा आजबाट शुरु भएको छ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ जमलस्थित तीनधारा पाठशालाबाट तान्न शुरु भएसँगै यस वर्षको जात्राको शुरुवात भएको हो । हरेक वर्ष जात्राको पहिलो दिन, चैत शुक्ल अष्टमीको दिनमा रथ...

  • २०७५ चैत्र २७, बुधबार

    भैरवनाथको रथ तान्दै बिस्काः जात्रा सुरु

    भक्तपुरको प्रशिद्ध बिस्काः जात्रा आजबाट सुरु भएको छ । आठ दिन नौ रातसम्म चल्ने बिस्काः जात्रा आज भक्तपुरको तौमरि टोलमा भैरवनाथको रथ तान्दै शुरु गरिएको हो । जात्राको पहिलो दिन न्यातपोल मन्दिर प्राङ्गण तौमारि क्षेत्रमा भैरवनाथ र भद्रकालीको रथ तानेर...

  • २०७५ चैत्र ११, सोमबार

    लक्षाहुति यज्ञ आजबाट शुरु

    देशमा शान्ति र जन कल्याणको कामना सहित ललितपुरमा लक्षाहुति यज्ञ आजबाट शुरु भएको छ । आइतबार शुरु उपाकर्म गुठी ललितपुर अन्तर्गत श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ कार्यक्रममा यज्ञ भने आजबाट शुरु भएको हो ।  ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको...

  • २०७५ चैत्र ९, शनिबार

    शान्तिको कामना सहित पाटनमा लक्षाहुति यज्ञ गरिने

    देशमा शान्ति र जन कल्याणको कामना सहित पाटनको गाःबहालस्थित पूर्णचण्डी मन्दिर परिसरमा लक्षाहुति यज्ञ गरिने भएको छ । काठमाडौं उपत्यकाका राजोपाध्याय ब्राम्हणहरुबाट आउँदो चैत्र १० गतेबाट श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ शुरु गरिन लागेको हो...

  • २०७५ चैत्र ७, बिहिबार

    आज ठमेलमा सिंहसार्थबाहको जात्रा

    काठमाडौंको पर्यटकिय क्षेत्र ठमेलको ऐतिहासिक विक्रमशील महाविहारका श्री गरुड भगवान सिंहसार्थबाहको जात्रा आज बेलुकि हुन गइरहेको छ । सयौं वर्षदेखि चल्दै आएको जात्राको निरन्तरतामा भने यसवर्ष आम जन समुदायमा शंकाको वातावरण रहेको छ । हरेक वर्ष होलिको...

  • २०७५ फाल्गुण १५, बुधबार

    कमलपोखरी पुनर्स्थापना गर्न विश्व नेवाः संगठनको माग

    हालै संचालनमा आएको काठमाडौंको ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा ऐतिहासिक कमलपोखरी पुनः स्थापना गर्न विश्व नेवाः संगठनले माग गरेको छ । संगठनले प्रेश विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय स्तरमै परिचित ऐतिहासिक, सांस्कृतिक महत्वको कमलपोखरी यथास्थानमै...

  • २०७५ मङ्सिर ६, बिहिबार

    कार्तिक नाचमा नरसिंह नाच सम्पन्न

    ललितपुरको प्रशिद्ध कार्तिक नाचको मुख्य प्रस्तुतिको रुपमा लिइने नरसिंह अवतार बुधबार सम्पन्न भएको छ । गत कार्तिक २६ गतेबाट शुरु भएको कार्तिक नाचको दशौं दिन मंगलबजारको कार्तिक डबलीमा नरसिंह अवतार प्रदर्शन भएको हो । हिरण्यकशिपु वध भनेर पनि प्रशिद्ध...

  • २०७५ मङ्सिर ५, बुधबार

    आज कार्तिक नाचमा दैत्य ब्युँताउन समस्या !

    कार्तिक नाच अन्तर्गत आज दैत्य ब्युँताउनलाई समस्या देखिएको छ । मंगलबजारस्थित ढुङ्गेधारा वासः हितिमा पानी सुकेसँगै दैत्य ब्युँताउन समस्या देखिएको हो ।  मंगलबजारस्थित कार्तिक डबलीमा आज कार्तिक नाचमा नरसिंह अवतार प्रस्तुत हुनलागेको छ भने यस नाचमा...

  • २०७५ कार्तिक २६, सोमबार

    कार्तिक नाच आजबाट शुरु हुँदै

    ललितपुर मंगलबजारको कार्तिक डबलीमा प्रदर्शन गरीने विश्व प्रशिद्ध कार्तिक नाच आज सोमबारबाट शुरु हुँदैछ । यस वर्ष १२ दिन देखाइन लागेको कार्तिक नाच आज बाथः प्याखंसँगै शुरु हुन लागेको हो । कार्यक्रम तालिका अनुसार आज बाथः प्याखं अन्तर्गत ‘ल्यवः कायेगु’...

Pages