arin enterprises

जयवागेश्वरीको मन्दिरमा भित्तेचित्र भेट्टियो

SamacharDesk – कल्चर ब्यूरो | २०७६ पौष १२, शनिबार

पाशुपत क्षेत्र देवपाटनमा रहेको जयवागेश्वरीको मन्दिरमा पुरातात्विक महत्वका भित्ते चित्रहरु भेटिएका छन् ।

७२ सालको भूकम्पमा क्षतिग्रस्त मन्दिरको पुननिर्माणको क्रममा उक्त भित्तेचित्रहरु भेटिएका हुन् । पुनर्निर्माणको क्रममा शुक्रबार मन्दिरमा पुरातात्विक महत्वका भित्तेचित्र भेटिएका हुन् ।

शुक्रबार मन्दिरको पछाडिको भित्तामा विभिन्न देवीदेवताका तान्त्रिक चित्रकला भेटिएको हो ।

केही दिनअघि मन्दिरको अघिल्लो भागमा पनि यस्तै चित्रकला फेलापरेका थिए । यी चित्रकला लिच्छविकालीन हुनसक्ने जनाइएको छ ।

कलाकार एकराम सिंहले यो नेपालको चित्रकलाको इतिहासका लागि महत्वपूर्ण भएको बताए ।

यो मन्दिर पशुपतिनाथ मन्दिरभन्दा पनि पुरानो भएकाले यस मन्दिरमा रहेका पुरातात्विक वस्तुहरुको संरक्षण र अनुसन्धान गर्नुपर्ने स्थानीयको भनाई छ ।

गएको भदौमा मन्दिरभित्र पुरातात्विक महत्वका तीनओटा गजुरसहितको इँटा र माटोले निर्मित सानो मन्दिर फेलापरेको थियो ।

Categorized in संस्कृति