किर्तिपुण्य महाविहारको मन्दिर जिर्णोद्धार सम्पन्न
SamacharDesk – कल्चर ब्यूरो | २०७६ मङ्सिर ७, शनिबार

काठमाडौंको लगनस्थित किर्तिपुण्य महाविहारमा अवस्थित मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । जिर्णोद्धार सम्पन्न भएसँगै मन्दिरको उद्घाटन समेत गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी मन्दिरको धार्मिक साथै औपचारिक रुपमा उद्घाटन गरियो । मन्दिरको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो । सो अवसरमा वौद्ध परम्परा अनुसार पूजा गरि मन्दिरमा दिगुद्यः (भगवान) स्थापना पनि गरिएको थियो ।
पूजालगत्तै आयोजना भएको औपचारिक कार्यक्रममा बोल्दै कामपा प्रमुख शाक्यले सत्तल, पाटिपौवा, विहार, महाविहार, मन्दिर लगायतका काठमाडौंका पुरातात्विक, धार्मिक, साँस्कृतिक, सामाजिक महत्वका सम्पदाको पुनर्निर्माण महानगरपालिकाको नीति र दायित्व समेत भएको बताउनुभयो ।
‘नयाँ निर्माणलाई निषेध नै गरी पुनर्निर्माणलाई प्राथमिकतामा राखेका छौं । आवश्यक स्थानमा कामपा र स्थानीय गुठीयारको पहलमा काम अघि बढाइनेछ’ मेयर शाक्यले भन्नुभयो ।
कतिपय स्थानमा गुठी संस्थान र पुरातत्व विभागले राम्ररी समन्वय नगर्दा समस्या भएपनि पुनर्निर्माणको लागि कामपासँग आर्थिक स्रोतको अभाव भने नरहेको प्रमुख शाक्यले बताउनुभयो ।
२०७२ या तःभुखाचं क्षतिग्रस्त मन्दिरको जिर्णोद्धारको कुल लागत ४९ लाख रहेको थियो । एक वर्षमा पुनर्निर्माण सम्पन्न भएको हो ।
कीर्तिपुण्य महाविहार उपत्यकाको पहिलो महाविहार दावी गरिएको छ ।
विम्विसारले कपिलवस्तुमा आक्रमण गर्दा एउटा ढुङ्गा बोकेर काठमाडौं पसेका शाक्यहरुले सोही ढुङ्गा स्थापना गरी यो महाविहार स्थापना गरेको बताइएको छ ।
Categorized in संस्कृति