ललितपुरको प्राचिन पर्व मतयाः स्थगित
SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण ३, शनिबार

ललितपुरमा प्राचिनकालदेखि सञ्चालन हुँदै आएको न्येकू जात्रा अर्थात् मतयाः यस वर्ष आयोजना नहुने भएको छ ।
न्यकू जात्रा, मतयाः व्यवस्थापन मूल समितिले शुक्रबार सूचना जारी गर्दै ओकुबहालबाट आयोजना हुनुपर्ने यस वर्षको पर्व कोभिड १९ महामारीका कारण स्थगित भएको जनाएको हो ।
ललितपुरका बौद्ध धर्मावलम्बीहरु वर्षभरीमा देहान्त भएकाहरुको आत्माको चीर शान्तिको कामनाका साथ दिप बाल्दै प्राचीन पाटन सहरको विभिन्न स्थानहरुमा परिक्रमा गर्ने परम्परा रहेको छ ।
यस वर्षको मतयाः श्रावण २१ गते पर्न आएको छ ।
साथै समितिले श्रावण ६ गतेदेखि ४ दिनसम्म रातको समयमा गरिने ब्वगी पनि संक्रमणको अवस्थामा मनाउन नसकिने उल्लेख गरेको छ ।
नौबाजा प्रदर्शन पनि महामारीका कारण प्रभावित
ललितपुरमा गरिने नौ बाजा प्रदर्शनी पनि यस वर्ष रोकिने भएको छ ।
ललितपुरमा क्वन्ति (कुम्भेश्वर बगलामुखी), बुंगमति, मंगलबजार आदि स्थानहरुमा नौबाजा प्रदर्शन गर्ने गरिन्छ ।
जनै पूर्णिमाको अघिल्लो दिन क्वन्ति परिसरमा सर्वेश्वर महादेवलाई पोखरीमा विराजमान गर्न लगिदै गर्दा नौ बाजा प्रदर्शनी सुरु गर्ने गरिन्छ ।
यस्तै मंगलबजारस्थित ललितपुर दरवार क्षेत्रमा सुनढोका अगाडि नौ बाजा प्रदर्शन गरिन्छ । यस दिनमा राजा श्रीनिवास मल्लको शासनकालको सुनको झ्याल पनि खोलिन्छ ।
विश्वभरी महामारीको रुपम लिएको कोरोना संक्रमणका कारणले यस किसिमका थुप्रै जात्रा र पर्वहरु औपचारिक पूजाहरुमा मात्र सीमित भएका छन् ।
Categorized in संस्कृति