स्वस्थानी व्रत र कथा शुरु हुँदै
SamacharDesk – कल्चर ब्यूराे | २०७७ माघ १५, बिहिबार

आज पौष शुक्ल पुर्णिमा, आजबाट स्वस्थानी व्रत शुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ ।
आजको दिनबाट स्नान गरी शुद्ध भई भगवान शिव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्दै स्वस्थानी व्रत बस्ने गरिन्छ । पौष शुक्ल पूर्णिमाबाट शुरु हुने व्रत माघ पुर्णिमाको दिनमा सम्पन्न हुने गर्दछ ।
विहानै नुहाई धुवाई गरी, हातगोडाको नङ काटेर, शुद्ध भई, एकचित्त भई व्रत बसेर पूजा गरीसकेर पछि स्वस्थानी व्रत कथा श्रवण गर्ने गरिन्छ ।
व्रत अवधिभर दिनभर फलाहार गरी एक छाक चाेखाे खाने गरिन्छ ।
सत्ययुगमा पार्वतीले भगवान शिव वर पाउने कामनासहित स्वस्थानी व्रत बसेको र व्रतको प्रभावले पार्वतीले शिव वर पाएको धार्मिक विश्वास रहेको छ ।
आजैबाट सम्पुर्ण नेपाली हिन्ह धर्मावलम्बीहरुको घरघरमा आजबाट श्री स्वस्थानीको कथा वाचन पनि शुरु हुँदैछ । परिवारका सबै सदस्य भेला भई घरका मूलीले कथा वाचन गर्ने गर्दछन् ।
प्रत्येक दिन कथा वाचन सकिसकेर फलफुल वा कन्दमूल आदि भगवानलाई अर्पण गरी सबैले प्रसादको रुपमा बाँडर खाने गरिन्छ ।
आजकै दिनबाट काठमाडौंबाट ३० किलोमिटर पर उत्तरमा अवस्थित साँखु नगरीको शालिनदीमा मेला शुरु हुन्छ ।
स्वस्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
Categorized in संस्कृति