संस्कृति
-
२०७८ श्रावण ३०, शनिबार
१६ हाते गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न
काठमाडौं महानगरको वडा २७ महाबौद्धस्थित १६ हाते गणेशको साथमा महाङ्काल भैरव र शनिदेवको मन्दिर पुननिर्माण सम्पन्न भएको छ । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण सम्पन्न भएका ती मन्दिरको उद्घाटन गर्नुभयो । उद्घाटनपछिको संचारकर्मीसँग कुरा...
-
२०७८ श्रावण २९, शुक्रबार
नागको पूजा गर्दै नागपंचमी मनाईँदै
श्रावण शुक्ल पंचमी, आज देशैभरी साथै भारतमा समेत नागपंचमी मनाईँदैछ । नागको पूजा गरेर नाग, सर्प, बिच्छि आदिको भयबाट जोगिने कामना गर्दै आज नागपंचमी पर्व मनाईँदैछ । नागदेवतालाई पंचमी तिथिका स्वामीको रुपमा लिइन्छ । आजको दिनमा घरघरमा नागको तस्वीर टाँसेर...
-
२०७८ श्रावण २७, बुधबार
आज वराह जयन्तीमा वराहको पूजा आराधना गरिँदै
आज श्रावण शुक्ल तृतीयाको दिन । आजको दिनलाई वराह जयन्तीको रुपमा मनाउने गरिन्छ । आजको दिनमा वराह अवतारको पूजा आराधना गर्नुका साथै वराह पुराणको पारायण समेत गर्दै आजको दिनमा भगवान विष्णुका अवतार वराहप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ । नेपालमा वराह...
-
२०७८ श्रावण २५, सोमबार
आजबाट गुंला पर्व शुरु
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने गुंला पर्व आजबाट शुरु भएको छ । आजबाट नेवाः समुदायका बुद्धिष्ट धर्मावलम्बीहरु एक महिनासम्म विहान सबैरै उठेर भगवान बुद्धको उपासना गर्दै स्वयम्भु महाचैत्य लगायत विभिन्न चैत्य तथा बौद्ध विहारहरु...
-
२०७८ श्रावण १५, शुक्रबार
आइपुग्यो काष्ठमण्डपको गजुर
७२ सालको महाभुकम्पमा पूर्ण रुपमा भत्किएर क्षतिग्रस्त भइ पुनर्निर्माणकाे क्रममा रहेकाे काष्ठमण्डपले अब चाँडै नै गजुर पाउने भएको छ । काष्ठमण्डप पुनर्निर्माणका क्रममा धुरीमा राखिने गजुर विहीवार लसुकस गरी काष्ठमण्डप भित्र्याइएको छ । एक धार्मिक...
-
२०७८ श्रावण १२, मंगलबार
एकै दिन एक समयमा तीन शहरमा रुद्रि पाठ
आज भक्तपुर दरवार स्क्वाएरको वातावरण विलकुलै फरक थियो, त्यहाँको रौनक नै बेग्लै थियो । ऐतिहासिक ५५ झ्याले दरवार अनि त्यस दरवारको अगाडीको यक्षेश्वर महोदवको मन्दिर, जसलाई भक्तपुरको पशुपति पनि भनिन्छ । यहि मन्दिरबाट आज विहानै वेद पाठ गुन्जियो, ‘हरि ओम...
-
२०७८ श्रावण ९, शनिबार
गुरु पुर्णिमा मनाईँदै
आज आषाढ शुक्ल पुर्णिमाको दिन, जीवनको बाटोमा ज्ञानको उज्यालो दिइ अगाडी बढ्न मद्दत गर्ने गुरुहरुप्रति सम्मान प्रकट गर्दै पुर्णिमा पर्व मनाईँदैछ । सनातनी र वौद्ध धर्मावलम्बीहरु आजको दिनमा विशेष महत्वका साथ मनाउने गर्दछन् । ‘गु’ अर्थात अन्धकार र ‘रु’को...
-
२०७८ श्रावण ६, बुधबार
मुसलिम समुदाय बकर ईद मनाउँदै
आज विश्वभरीका मुसलिम समुदाय ‘ईद उल जोहा’ मनाउँदैछन् । बकर ईदको नामले समेत चर्चित यस पर्वलाई मुसलिम समुदायको दोश्रो ठुलो चाडको रुपमा लिइन्छ । ईस्लाम पात्रो ‘हिजरी सम्वत’ अनुसार नयाँ वर्षको महिनाको १०औं दिन यो पर्व मनाइन्छ । ईद उल जोहाका अवसरमा आज...
-
२०७८ श्रावण ५, मंगलबार
हरिशयनी एकादशी पर्व मनाईँदै, आजबाट चतुर्मास शुरु
आज आषाढ शुक्ल एकादशी, अर्थात हरिशयनी एकादशी, वैदिक सनातन वैष्णव धर्मावलम्बीहरुले आज घर घरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइरहेका छन् । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । तुलसीको धार्मिकको साथै आयुर्वेदिय महत्व...
-
२०७८ आषाढ २, बुधबार
सिथि नखः पर्व मनाईँदै
आज जेष्ठ शुक्ल षष्ठी, उपत्यकाका नेवार समुदाय सिथि नखः पर्व मनाउँदैछन् । आजको दिन विशेष गरेर कुमारको पूजा गर्ने गरिन्छ । कुमारको पूजा गरिने दिन भएकोले आजको दिनलाई कुमार षष्ठी पनि भन्ने गरिन्छ । आजको दिन घरको मूल ढोकामा पनि पूजा गर्ने गरिन्छ । घरको...
-
२०७८ जेठ १४, शुक्रबार
एक्टिङ प्रतियोगीताको समय थपियाे
उपत्यकाव्यापी एक्टिङ प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ मा भाग लिनको लागि समयावधि बढाइएको छ । उपत्यकामा निषेधाज्ञाको अवधि लम्ब्याइएसँगै प्रतियोगीताको समयावधि पनि थप गरिएको हो । पूर्व निर्धारित मिति अनुसार प्रतियोगीतामा भाग लिने समय भोलि जेठ १५...
-
२०७८ जेठ १२, बुधबार
क्षमापूजा मात्रै गरेर सम्पन्न भयो चण्डेश्वरी जात्रा
आज वैसाख पुर्णिमा, आजको दिनलाई बुद्ध जयन्तीको रुपमापनि मनाइन्छ भने बनेपामा चण्डेश्वरी जात्रापनिहुने गर्दछ । आजको दिनमा बनेपाका नेवार समुदायले बाजागाजा सहित धुमधामका साथ चण्डेश्वरी जात्रा मनाउने गर्छन् । चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको...
-
२०७८ जेठ १, शनिबार
कडा सुरक्षा घेराबीच मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न
विश्व प्रशिद्ध ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आज कडा सुरक्षा घेराबीच पुल्चोकमा सम्पन्न भएको छ । यस वर्ष पनि कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा सांकेतिक रुपमा रथ तानेर जात्रा सम्पन्न गरिएको थियो । रथ बनाइने स्थान पुल्चोकको दमकलदेखि...
-
२०७८ बैशाख ३१, शुक्रबार
जात्रा अवलोकन गर्न भनी घरबाहिर ननिस्कन आग्रह
ललितपुरका जातीय समाजहरुले यस वर्ष रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा रथयात्रा अवलोकन गर्न भनी बाहिर नआउन सबैमा अनुरोध गरेको छ । ललितपुरका १९ जातीय समाजको साथमा वौद्ध विहार संघ र नेपालभाषा मंकाः खलः यलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आफु र...
-
२०७८ बैशाख ३१, शुक्रबार
कुँद्नेमात्र होइन, मूर्तिलाई ज्यान दिन्छन् रवि
मीननाथ, पाटनमा स्थानीय भाषामा चाकुबाःद्यः अथवा जटाधारी लोकेश्वर । मीननाथको रातो मच्छिन्द्रनाथसँग निकै नजिकको सम्वन्ध छ । नेपालकै सबैभन्दा लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको रथयात्राको बेलामा मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ पनि तान्न...
-
२०७८ बैशाख ३०, बिहिबार
ललितपुरकी कुमारीको आसन फेरीयो
ललितपुरको जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिएको छ । दैनिक पुजाको लागि जीवित देवी कुमारी बिराजमान हुने आसन जीर्ण हुँदै गएकोले फेरिएको हो । रत्नाकर महाविहारमा विहारका आजुहरुबाट बौद्ध पराम्परा अनुसार क्षमा पुजा गरी नयाँ आसन कुमारीलाई हस्तान्तरण...




