arin enterprises

नृसिंह जात्रा समाचारडेस्कबाट लाइभ हुने

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ भाद्र १०, बिहिबार

भोलि ललितपुरमा सम्पन्न हुन गइरहेको ऐतिहासिक नृसिंह जात्रा ‘उपाकलं सायाः’ समाचारडेस्कबाट लाइभ हुन लागेको छ । समाचारडेस्कको ४ वर्षको ईतिहासमा पहिलो पटक यसरी साँस्कृतिक गतिविधिको लाईभ हुन लागेको हो ।

भोलि बिहानको ११ बजेबाट समाचारडेस्क डट कम वेबसाइटबाटै जात्राको लाइभ शुरु हुनेछ । www.samachardesk.com वेबसाइट खोल्ने वित्तिकै साइटको होम पेजमै जात्राको लाइभ हेर्न सकिनेछ ।

यसको साथमा समाचारडेस्कको फेसबुक पेजमार्फत पनि जात्राको प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।

११ बजेबाट शुरु गरी जात्राको पुरै अवधि लाइभ गर्ने योजना रहेको भोलिको लाइभ कार्यक्रमका संयोजक तथा समाचारडेस्कका फोटो सम्पादक आकाश राजोपाध्यायले जानकारी दिनुभयो ।

‘जात्राका औपचारिक विधिहरु ११ बजेबाट शुरु गर्ने भनिएको छ । सोही अनुसार हामीले पनि ११ बजेबाट नै लाइभ शुरु गर्नेछौं र पुरै जात्रा अवधिभर हामी लाइभमा रहनेछौं’ राजोपाध्यायले भन्नुभयो ।

संक्रमणको जोखिमका बीच विधि मात्र पूरा गरी जात्रा सम्पन्न गर्न लागेको अवस्थामा सबैले घरमै बसेर जात्राको अवलोकन र दर्शन गर्न सकुन् भनेर लाइभ गर्न लागेको लाइभ कार्यक्रमका व्यवस्थापक रक्षण राजोपाध्यायले बताए ।

‘अब सबैलाई जात्रा हेर्न आउनु भन्ने अवस्था नरहेको बेलामा सबैले सुरक्षित रही घरमै बसेर जात्रा हेर्न सकुन् भनेर हामीले साइटमार्फत लाइभ गर्न लागेका हौं, सबै सुरक्षित रही लाइभमार्फत जात्रामा जोडिनुहोला, यहि अनुरोध छ’ लाइभ व्यवस्थापक रक्षणले भने ।

जात्राको लाइभ प्रस्तुतिलाई ३ जना प्रस्तोताले प्रस्तुत गर्नेछन् । सचिना राजोपाध्याय, संमुक्ता राजोपाध्याय र सुरभि राजोपाध्यायले लाइभ कार्यक्रमको प्रस्तुति दिनेछन् ।

Categorized in संस्कृति