प्रधानमन्त्रीबाट तीजको शुभकामना
SamacharDesk – बिराज | २०७८ भाद्र २४, बिहिबार

प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै हरितालिका तीज मनाउन सम्पूर्ण नेपाली महिलाहरुमा आह्वान गर्नुभएको छ ।
हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघटसाथ मनाउन नपाएपनि स्वास्थ्य मापदण्डको पालना गर्दै हरितालिका तीज मनाउन आह्वान गर्नुभएको हो ।
‘महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन म सबै दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु’ सन्देशमा लेखिएको छ ।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले तीजले नेपाली समाजमा लैंगिक, जातीय, वर्गीय विभेद र सबै किसिमका असमानताहरुको अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा उत्प्रेरित गरोस् भन्ने शुभकामना पनि दिनुभएको छ ।
Categorized in संस्कृति