arin enterprises

संस्कृति

  • २०७९ बैशाख १, बिहिबार

    बिस्का जात्राको यःसिं ठड्याएर आजै ढालिने

    बिस्का जात्राको पाँचौ दिन हिजो २०७८ सालको अन्तिम दिन मध्यरातसम्म युवाहरुले यःसिं उठाउने प्रयास गरे पनि सफल हुन सकेनन्। हिजो मध्यरातमा जतिसम्म यःसिं ठडियो त्यति नै छाडिएको थियो। आज नयाँ वर्ष २०७९ को दिन यःसिं ठड्याइनेछ भने आजै राति नै ढालिनेछ। गत...

  • २०७८ चैत्र २९, मंगलबार

    मच्छिन्द्रनाथको जात्रा मनाईंदै

    वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा जारी नै छ । हिजो लगन टोलमा रथलाई पुर्‍याई एक परिक्रमा गराई सोमबारको जात्रा समापन गरेको थियो । आज मंगलबार रथलाई मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई दुई पटक परिक्रमा गरिन्छ ।...

  • २०७८ चैत्र २७, आइतबार

    विस्का जात्रा आजबाट प्रारम्भ

    भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै...

  • २०७८ चैत्र २७, आइतबार

    राम नवमी पर्व मनाईंदै

    आज रामनवमी । चैत शुक्ल नवमीका दिन आज सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामप्रति श्रद्वासुमन व्यक्त गर्दै रामनवमी मनाउँदैछन् । असत्यमाथि सत्यको विजयको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।...

  • २०७८ चैत्र २६, शनिबार

    सहकालका देवता मच्छिन्द्रनाथको रथ असन पुर्याइयो

    वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा आजबाट शुरु भएको छ । हरेक वर्ष चैत्र शुल्क अष्टमी चैते दशैंदेखि शुभारम्भ हुने गर्दछ । राजा शिवसिंह मल्लद्वारा ने.सं. ७०८ देखि श्री करुणामय् अथवा सेता मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलको तीनधारा...

  • २०७८ चैत्र २६, शनिबार

    सेतो मच्छिन्द्रनाथको जात्रा शुरु हुँदै

    आज चैत्र शुक्ल अष्टमी, आजबाट काठमाडौंमा वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को जात्रा शुरु हुन लागेको छ । जात्राको क्रममा मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बोकी तीनधारा पाठशाला जमलतिर लगिएको छ । जमलमा मच्छिन्द्रनाथलाई रथमा...

  • २०७८ चैत्र १९, शनिबार

    असनमा खट जुधाउँदै पाहांचःर्‍हे सम्पन्न

    आज असनको रौनक बेग्लै थियो । सधैं जसो नै भीडभाड भइरहने असन चोकमा आज पनि भीड थियो तर, आजको भीडको उल्लासकाे कुरै अर्काे । अरु बेला किनमेल गर्ने मानिसहरुको भीडभाड भइरहने असन चोकमा आज भने जात्रालुहरुको बाक्लै भीड थियो । पुरै असन चोक पहेंलो टोपी, रातो...

  • २०७८ चैत्र १७, बिहिबार

    पाहाँ चह्रे हर्षाेलासपूर्वक मनाईंदै

    नेवार समुदायहरुले पाहाँ चह्रे पर्व आज हर्षाेलासपूर्वक मनाइरहेको छ ।  नेवार समुदायले परापूर्वकालदेखि नै कृष्ण चतुर्दशीको दिन मनाउँदै आएको पाहाँ चह्रे पर्वलाई पिसाच चतुर्दशीइ पनि भन्ने गरिन्छ । नेवार समुदायमा दशैं तिहार पछि ठूलो चाडको रुपमा यो चाडलाई...

  • २०७८ चैत्र १४, सोमबार

    नरदेवी १२ वर्षे नाच : यस्तो रह्यो देशयात्रा (फोटो फिचर)

    नरदेवीको श्वेतकाली अर्थात् ङतभुलु अजिमाको १२ वर्षे नाचअन्तर्गत आज बिहान देशयात्रा सम्पन्न भएको छ । आइतबार अपराह्न नरदेवीस्थित द्यःछेँ (देवीघर)बाट सुरु भएको देशयात्रा रातभर काठमाडौँका विभिन्न टोलहरूमा घुमाई सोमबार बिहान सम्पन्न भएको हो ।  ...

  • २०७८ चैत्र ८, मंगलबार

    गणेश भगवानको पूजा गरी गणेश चर्तुर्थी मनाईंदै

    वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी गणेश चौथी पर्व धुमधामसँग मनाइरहेकोछ । भगवान गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ । नेपालमा पनि...

  • २०७८ चैत्र ५, शनिबार

    यसरी मनाइँदै वंशगोपाल जात्रा

    फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन चाँगुनारायणमा वंशगोपाल जात्रा मनाइँदै छ । शुक्रबार पूर्णिमाको दिन चाँगुमा तान्नेमध्ये सबैभन्दा सानो रथ निकाली वंशगोपालको जात्रा सुरु भएको छ । चाँगुनारायण मन्दिरबाट कृष्णलगायत अन्य दुई मूर्तिहरू...

  • २०७८ चैत्र २, बुधबार

    युद्ध र महामारीबाट मुक्तिको कामनासहित गुह्यकाली पूजा

    सारा विश्वलाई युद्ध र महामारीलाई सताइरहँदा विश्व शान्ति र महामारीबाट मुक्तिको कामना गर्दै नेपालमा गुह्यकालीको पूजा हुने भएको छ । तन्त्र चर्चा परिवारले विश्वमा युद्धको साथै कोरोना महामारीबाट मुक्तिको कामना गर्दै गुह्यकालीको पूजा आयोजना गर्न लागेको हो...

  • २०७८ चैत्र २, बुधबार

    १२ वर्षे श्वेतकाली अजिमा (नरदेवी) नाच प्रारम्भ

    १२ वर्षे नरदेवी श्री श्वेतकाली अजिमा देवीनाच पर्व सुरु भएको छ । देवीनाच पर्वका अवसरमा बुधबार स्वयम्भु स्थित महाचैत्य वनबाट मूठाँ (लिङ्गो) आज विधिवत पूजाआज गरी नरदेवी मन्दिर परिसरमा ल्याइएको छ । श्री न्यतभुलु अजिमा (नरदेवी) को बाह्र वर्षै जात्राका...

  • २०७८ चैत्र १, मंगलबार

    शाक्त तन्त्र रूप – बौद्ध देवीहरू

    यसअघिको लेखमा शाक्त हिन्दु तन्त्रअनुसारका देवीहरूका बारेमा उल्लेख गरिसकेँ । यस लेखमा भने बौद्ध तन्त्रअनुसारका विभिन्न देवीहरूको विवरण र प्रतिमा लक्षण समेट्ने कोशिस गरेकी छु । बौद्ध तन्त्र बौद्ध तन्त्रअन्तर्गत तीन महत्त्वपूर्ण परम्परा छ – श्रावकयान (...

  • २०७८ फाल्गुण २९, आइतबार

    कृष्णमन्दिर ३८५ वर्ष पूरा

    आजबाट कृष्णमन्दिर ३८५ वर्ष पूरा भएको छ । ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर ३८५ वर्ष पूरा भएको अवसरमा आज वर्षवर्द्धन पूजा गरिएको छ । वर्षवर्द्धन पूजाको क्रममा विष्णुसहस्रनाम आहूतिसहितको कुशकण्डिका होम र विष्णुरुद्री सम्पन्न गरेको मन्दिरका पुजारी...

  • २०७८ फाल्गुण २६, बिहिबार

    वसन्तपुरमा चीर ठड्याइयो, होलीको आगमन

    वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीका दिन आज बिहान ७:२७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजापताका झुन्ड्याइएको...

Pages