arin enterprises

भोटो जात्राको साइत निकालियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १२, बिहिबार

 रातो मच्छिन्द्रनाथको रथ जात्रा आउँदो जेठ २१ टुङ्गिने भएको छ । आउँदो २१ गते शनिबार भोटो जात्रा गर्दै यस वर्षको जात्रा टुङ्गिने भएको छ ।

आजै जाह्वला जात्रा अर्थात जाउलाखेलमा रथ तान्ने साइत निकालिएसँगै भोटो जात्राको दिन पनि टुङ्गो लागेको हो । इतिटोलमा रहेको रथलाई तानेर जाउलाखेल लग्नको लागि आउँदो जेठ १८ गतेको साइत निकालिएको छ ।

आज विहान ज्योतिषहरुको समूहले मंगलबजारस्थित मंगःहितिनिर रहेको मणिमण्डप फल्चा (सोर्‍हखुट्टे पाटि) मा बसी जाह्वला जात्राको साइत निकालेको हो । इतिटोलमा राखिएको रथलाई जाउलाखेल तानेर लगिएको चौथो दिनमा भोटो जात्रा गर्ने गरिन्छ ।

सोही परम्परा अनुसार भोटो जात्राको लागि आउँदा २१ गतेको दिन टुङ्गो लागेको हो । रथलाई याकः मिसा भुज्याः गर्दै इतिटोल पुर्‍याएको केहि दिनपछि बाराही समुदायले बुंगद्यःको द्यःपूजा गर्ने गर्छन् ।

यहि द्यःपुजाकै दिन मणिमण्डप फल्चामा स्थानीयबासी, पानेजु तथा गुठी संस्थान अधिकृतको उपस्थितिमा जाह्वला जात्राको साईत हेर्ने चलन रहँदै आएको छ ।

Categorized in संस्कृति
SKIP THIS maharjan complex bumper adv