arin enterprises

बिस्का जात्राको यःसिं ठड्याएर आजै ढालिने

SamacharDesk – Ram Dangol | २०७९ बैशाख १, बिहिबार

बिस्का जात्राको पाँचौ दिन हिजो २०७८ सालको अन्तिम दिन मध्यरातसम्म युवाहरुले यःसिं उठाउने प्रयास गरे पनि सफल हुन सकेनन्।

हिजो मध्यरातमा जतिसम्म यःसिं ठडियो त्यति नै छाडिएको थियो। आज नयाँ वर्ष २०७९ को दिन यःसिं ठड्याइनेछ भने आजै राति नै ढालिनेछ। गत वर्षपनि अन्तिम दिनसम्म ठड्याउन नसकेपछि भोलिपल्ट ठड्याएर त्यही दिन ढालिएको थियो ।

यस्सिं उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ। त्यसपछि सात सय टोलमा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ।

यसीं ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ। ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पुर्याकइ एकाआपसमा जुधाइन्छ। जसलाई स्थानीय भाषमा खःल्वाकिगु जात्रा भनिन्छ। यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई टौमढीस्थित भैरवनाथको प्राङ्गणमा पुर्या्ई जात्रा सम्पन्न गरिन्छ।

Categorized in संस्कृति