विस्का जात्रा आजबाट प्रारम्भ
SamacharDesk – Ram Dangol | २०७८ चैत्र २७, आइतबार

भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु हुँदैछ ।
नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।
भक्तपुर नगरको मध्य भागमा रहेको मानिने पाँचतल्ले मन्दिरको माथिल्लो टोल र तल्लो टोल गरी दुवैतिर डोरीको माध्यमले रथलाई तानतान गरिन्छ । करिब ३५ फिट अग्लो तीनतल्ले प्यागोडा शैलीमा काठैकाठबाट निर्माण गरिएको रथलाई सयौं युवाले तान्ने प्रचलन छ । पहिलो दिन रथलाई भक्तपुर नगरको तल्लो भागतिर तानेर लाने चलन छ ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने ९माथिल्लो० र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ । रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन् । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।
लिङ्गो उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्षे उभ्याउने गरिन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ । ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पु¥याई एकाापसमा जुधाइन्छ । जसलाई स्थानीय भाषमा खःल्वाकिगु जात्रा भनिन्छ । यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ ।
किम्वदन्ति अनुसार नाग नागिनिले सन्त्रास मच्याएपछि नाग नागिनीलाई मारेर लिङ्गोको हलिन्पत बनाएर झुन्ड्याएकै कारण प्रत्येक बर्ष भक्तपुरमा नाग नागिनीको स्मृतिमा लिङ्गो उभ्याउने र ढाल्ने जात्राको शुरुवाता भएको हो । यस्तै गरी पुरानो बर्षको समाप्तिपछि नयाँ बर्षको सुरुवातलाई यस जात्राले जनाउ गर्ने भएकाले यसलाई विश्व केतु जात्रा पनि भन्ने गरिन्छ । भैरवनाथ रथ तानेर सुर हेर्ने जात्रा प्रत्येक बर्ष बैशाख ५ गते पाँचतले मन्दिर अगाडि नै रहेको भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।
Categorized in संस्कृति