arin enterprises

मच्छिन्द्रनाथको जात्रा मनाईंदै

SamacharDesk – Ram Dangol | २०७८ चैत्र २९, मंगलबार

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा जारी नै छ । हिजो लगन टोलमा रथलाई पुर्‍याई एक परिक्रमा गराई सोमबारको जात्रा समापन गरेको थियो ।

आज मंगलबार रथलाई मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई दुई पटक परिक्रमा गरिन्छ । तत्पश्चात भोलि मच्छिन्द्रनाथलाई सानो खटमा राखी बाजागाजाका साथ जात्रा गरी पुनः जनबहाल मन्दिरमा विराजमान गराई यस वर्षको जात्रा समापन गरिन्छ ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट शुभारम्भ भएको थियो ।

रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ । सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहाल लगेर अन्त्य गर्ने चलन छ । यो यात्रा भएपछि वर्षा हुने धार्मिक विश्वास रहेको छ।

Categorized in संस्कृति