arin enterprises

संस्कृति

  • २०७९ आश्विन १६, आइतबार

    वडा दशैंको सातौं दिन आज फुलपाती

    घटस्थापनादेखि सुरु भएको वडा दशैंको आज सातौं दिन घरघरमा फुलपाती भित्र्याई हर्षाेल्लास्पूर्वक मनाईंदैछ । आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती...

  • २०७९ आश्विन १३, बिहिबार

    बडा दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिंदै

    नेपाली तथा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको आज चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक,...

  • २०७९ आश्विन १२, बुधबार

    बडादशैंको तेश्रो दिन, चन्द्रघण्टा साथै कौमारीको पूजा गरिँदै

    नेपाली तथा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको आज तेश्रो दिन, चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । दुर्गा पक्षमा प्रत्येक दिन फरक फरक देवीहरूकाे पूजा गर्ने क्रममा चन्द्रघण्टा स्वरुप दुर्गा भवानीको पूजा गरिँदैछ । चन्द्रघण्टा शव्द चन्द्र र घण्टा...

  • २०७९ आश्विन १०, सोमबार

    दशैंमा स्मार्ट फोन टाढा राखौं, परिवारको नजिक बसौं

    विगतका दिनमा आजको दिनबाट आकाशमा रङ्गिचङ्गि चङ्गाहरु उडिरहेको देखिने गथ्र्यो । चैट, चैटको आवाज सुनि नै रहन्थ्यो । विहान अँध्यारोमै नवरात्री जानेहरुको समूह समूह देखा परिसक्थ्यो । झिसमिसेबाटै शक्ति पीठहरुमा दर्शन गर्न आउनेहरुको लामै लाइन लागिसक्थ्यो ।...

  • २०७९ आश्विन १०, सोमबार

    वडा दशैंको पहिलो दिन घटस्थापना

    हिन्दू धर्मावलम्वीहरुको महान पर्व वडा दशैं आजदेखि प्रारम्भ भएको छ । बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक जमरा राख्ने गरिन्छ । यस वर्ष घटस्थापनाको शुभ...

  • २०७९ भाद्र २६, आइतबार

    मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । काठमाडौंमा येँया अर्थात् ईन्द्रजात्रा शुरु भएको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै आएको छ । प्राविधिक कारणले प्रत्येक वर्ष नभए पनि यो वर्ष भने विरेन्द्रभक्त गजू श्रेष्ठ जिब्रो...

  • २०७९ भाद्र २४, शुक्रबार

    येँया (इन्द्रजात्रा) अन्तर्गत आज क्वनेयाः

    बुधबार नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरी शुभारम्भ भएको इन्द्रजात्राको पहिलो दिन आज धुमधामसँग पर्व मनाईंंदैछ । आज जिवित देवी कुमारी, गणेश, भैरवलाई रथारोहण गरी शहर परिक्रमा गरी यो पर्व हर्षाेल्लासपूर्वक...

  • २०७९ भाद्र २२, बुधबार

    दिवंगत आत्माको कामना गरी उपाकु पर्व मनाईंदै

    दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ । इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोमा बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी...

  • २०७९ भाद्र २२, बुधबार

    येँया (इन्द्रजात्रा) सुरु

    वर्षा र सहकालका देवता इन्द्रको पुजा गरी मनाइने इन्द्रजात्रा आजदेशि शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरिएसँगै यो जात्राको शुभारम्भ हुन्छ । आज विहान ७ बजेर १५...

  • २०७९ भाद्र १९, आइतबार

    इन्द्रध्वज (यःसि) हनुमानढोका पुर्याइयो

    काठमाडौं प्रसिद्ध ईन्द्रजात्राका लागि भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलमा काटिएको लिङ्गो आज बसन्तुपर दरबार परिसरमा पुर्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ईन्द्रजात्रा सम्बन्धि विविध सांस्कृतिक गतिविधि गर्न दिएको शुभसाइत अनुरुप...

  • २०७९ भाद्र १८, शनिबार

    कार्तिक नाच नगरपरिक्रमा ललितपुरमा सम्पन्न

     ललितपुरको ऐतिहासिक मल्लकालिन कार्तिक नाच परिक्रमा सम्पन्न भएको छ । प्रत्येक  ६ बर्षमा आयोजना हुने कार्तिक नाच नगर परिक्रमा शनिबार सम्पन्न भएको हो । प्रत्येक वर्ष कार्तिक नाच प्रदर्शन गरिने मंगलबजारको कार्तिक डबलिबाट सुरु भएको नगर परिक्रमा हःखाबाट...

  • २०७९ भाद्र १५, बुधबार

    आज गणेश चतुर्थी, चथाः पर्व पनि मनाईंदै

    आज गणेश चतुर्थि अर्थात शिव तथा पार्वतीका पुत्र भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि भगवान गणेशलाई पुजा गर्ने चलन छ । आजको दिन काठमाडौं लगायत देशका...

  • २०७९ भाद्र ९, बिहिबार

    बौद्ध धर्मावलम्बीहरु पञ्चदान पर्व मनाईंदै

    प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज मनाइँदै छ । काठमाडौंसँगै भक्तपुर, मध्यपुर, थिमी, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइँदै आएको छ । यस पर्वमा...

  • २०७९ भाद्र ४, शनिबार

    ललितपुरमा भीमसेन जात्रा सम्पन्न

    ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण नवमी अर्थात कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने भिमसेन जात्रा आज सम्पन्न भएको छ । आज ललितपुरमा मंगलबजारस्थित मन्दिरमा रहेका भिमसेन महाराजलाई खटमा राखी नगर परिक्रमा गर्दै जात्रा सम्पन्न भएको हो । खट यात्रा पूर्व...

  • २०७९ भाद्र ३, शुक्रबार

    कृष्णाष्टमीकै दिन बलिसहित विन्दबासिनीको पूजा

    आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान कृष्णको जन्मदिन । आजको दिनमा संसारभरीका हिन्दु धर्मावलम्बीहरु भनौं अथवा वैष्णव अथवा कृष्णका अनुयायीहरु श्री कृष्णलाई विषेश रुपले पूजा गर्ने गर्छन् । आज कृष्णको जन्मदिन भनेर धेरैलाई थाहा भएपनि आजै विन्दबासिनीको पनि...

  • २०७९ भाद्र ३, शुक्रबार

    कृष्ण मन्दिरमा भक्तजनको घुइचो

    आज भाद्र कृष्ण अष्टमी, नेपाललगायत भारतमा समेत कृष्णको पूजा गर्दै कृष्ण जन्माष्टमी मनाईँदैछ । आजको दिन नेपालको साथै भारतका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा भक्तजनको ठुलै घुइँचो लाग्ने गर्दछ । यसै क्रममा नेपालमा ललितपुर मंगलबजारस्थित कृष्ण...

Pages