arin enterprises

यमपञ्चकको पहिलो दिन आज काग तिहार

SamacharDesk | २०७९ कार्तिक ६, आइतबार

आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ ।

तिहार अर्थात यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइदैछ । कार्तिक कृष्ण त्रयोदशीको दिन हिजो बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरु भएको हो ।

सूचनाको संवाहक कागलाई आज पूजाआजा गरेर काग तिहार मनाईंदै । आजको दिन बिहान हरेक घरमा कागलाई पूजाआजा गरी मिठोमिठो खानेकुरा खान दिने चलन रहेको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो-मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

आज कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ। हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, नेपाल संवत् र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

Categorized in संस्कृति