कार्तिक नाचको दोस्रो दिन आज बाथः नाच
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक १४, सोमबार

आज कार्तिक नाचको दोस्रो दिन बाथः नाच अन्तरगत च्वलय् खुदां दां खुदां नाटक प्रस्तुत गरिँदैछ ।
आजको यलय् बाथः (पाटनका बाठो) ले बाख्री साहुसँग १२ दामको बाख्री बठ्याईँ गर्दै सित्तैमा लैजाने कथा प्रदर्शन गरिनेछ ।
आज बेलुकीको ७ बजेबाट बाथः प्याखं सुरु गरिने कात्तिक नाच प्रवन्ध समितिले जनाएको छ ।
बाथःको कथा
बाथःले १२ दामको बाख्रीलाई ६ दाममा किनेर लग्छ ।
६ दाममा किनेको बाख्रीलाई बाथः (बाठो, चतुर) ले फेरी बाख्री साहुलाई नै फिर्ता गरि आफ्नो ६ दाम पनि फिर्ता लिन्छ र बाख्रीसमेत फिर्ता लिन्छ ।
आफुलाई झुक्याई यसरी बाख्री लगेकोले बाख्री साहु बाथःहरुलाई भेट्न जान्छ । बाख्रीको साहुलाई देखेर बाथःहरुले साहुले ओढेको खास्तो पनि आफ्नो भनी दावी गर्न थाल्छ ।
यलय् बाथःले आफनो ३ दाजुभाईको पनि यस्तै खास्तो रहेको भन्दै यसको निर्णय गर्न भगवान कृष्णको द्वारमा पुग्छ । कृष्णले आफ्नो गणका कोटवाललाई यसको फैसला गर्न आदेश दिन्छ ।
आदेश पाएपछि कोटवाल विवाद सल्टाउन जान्छ । यसमा पनि यलय् बाथःले चलाखी पुर्वक खास्तो पनि आफैले लिन्छ । यसरी बाथःको बठ्याईँको कथा निकै रमाईलो ढङ्गले प्रहसनको रुपमा प्रस्तुत गर्ने गरिन्छ ।
निकै रमाईलो यो प्रहसन हेर्न मंगलबजारमा भीड नै लाग्ने गर्दछ । मल्लकालीन यस नाटकले काठमाडौं उपत्यकाको नाटक परम्पराको प्राचीनतालाई त प्रष्ट्याउँछ नै, साथमा प्रहसन पनि काठमाडौं उपत्यकामा सदियौंदेखि चल्दै आएको पनि प्रमाणित गर्दछ ।
Categorized in संस्कृति