arin enterprises

कार्तिक नाचमा आज भक्त सुरदासको कथा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक १३, आइतबार

ललितपुरको ऐतिहासिक मल्लकालीन कात्तिक नाचको आज पहिलो दिन भक्त सुरदासको कथा प्रस्तुत गरिँदैछ । आजको प्रस्तुतिमा कृष्णका भक्त सुरदासको कथा प्रस्तुत गरिनेछ ।

कथामा भक्त सुरदासको कृष्णप्रतिको भक्तिभाव र वास्तविक भक्ति भनेको के हो भन्ने शिक्षा नाटकमार्फत प्रस्तुत गर्ने गरिन्छ ।

भक्त सुरदास एक अन्धो कवि हुन् । उनी कृष्णको ठूलो भक्त हुन्, जसले आफ्नो दिनचर्या कृष्णको गुणगाण गाउँदै बिताउँछन् ।

एकदिन सुरदासलाई उनका मित्र कनवादास र विनवादासले अन्धो मान्छेले वास्तविक संसार नदेखेकोले भक्ती पुरा नहुने सुनाए ।

यो कुरा सुनेपछि भक्त सुरदासले आँखाको ज्योति पाउन कृष्णको तपस्या गर्न थाल्छ । उनको तपस्याबाट प्रसन्न भई कृष्णले सुरदासलाई आँखाको ज्योति प्रदान गर्छन् ।

आफ्नो आँखाको ज्योति पाएपछि अब आफुले अझै बढि कृष्णको भक्ति गर्न सक्छु भनेर सोच्न थाल्छन् । एकदिन उ कृष्णको ध्यानमा लीन हुँदा कृष्णले उनको परिक्षा लिने सोच्छन् र सुरदासको ध्यान भंग गर्न मोहनीलाई पठाउँछन् ।

मोहिनीको रुपबाट मोहित हुन पुगी सुरदासका ध्यान भंग हुन्छ । त्यसपछि भने आफुले ठुलै गल्ती गरेको आभास सुरदासलाई हुन्छ । यस घटनापछि सुरदासलाई कृष्णको भक्तिको लागि कुनै आँखाको ज्योति नचाहिने रहेछ भन्ने बोध हुन्छ ।

आफ्नो आँखाको ज्योति फेरी कृष्णलाई नै र्फिता गरी सुरदास कृष्णकै भक्तिभावमा लीन हुँदै सुख साथ अन्धो नै भएर कृष्णको ज्ञान र गान गाउन थाल्छ ।

यो पनि हेर्नु होलाः कार्तिक नाच आजवाट सुरु हुँदै

Categorized in संस्कृति