आज विभिन्न समुदाय विभिन्न साँस्कृतिक पर्वहरु मनाउँदै
SamacharDesk – बिराज | २०७७ पौष १५, बुधबार

आज मार्ग शीर्ष पुर्णिमा, अर्थात मंसीरको पुर्णिमा । आजको दिन नेपालमा विभिन्न जातीय समुदायले विभिन्न किसिमले मनाउँदै छन् ।
यसैक्रममा नेवार समुदायले यःमरि पुन्हि मनाउँदैछन् भने नेवार समुदायको भित्रको ज्यापु जातिले आजै १७औं ज्यापु दिवस मनाउँदैछन् ।
यःमरि पुन्हिको प्रत्यक्ष सम्वन्ध कृषि पेशासँग रहेको र परम्परागत रुपमा कृषि पेशामा आवद्ध ज्यापु जातिको यो दिनसँग अन्योन्याश्रित सम्वन्ध रहेको सन्दर्भ जोड्दै २०६१ सालबाट ज्यापु जातिले आजको दिन ज्यापु दिवस मनाउँदै आएका छन् ।
यसैगरी किराँती समुदायले आज उधौली पर्व मनाउने गर्छन् । बैशाख पुर्णिमाको दिन उधौली मनाउने किराँतीहरु आज उधौली पर्व मनाउने गर्छन् ।
किराँतीहरु आफुले लगाएको अन्नबाली पाकिसकेपछि आफ्ना इष्टदेवतालाई चढाई खानको लागि अनुमति माग्ने र पितृलाई स्मरण गर्ने दिनको रुपमा आजको दिनलाई मनाउने गर्छन् ।
यसैक्रममा याक्खा समुदायले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला, र लिम्बुहरुले चासोक तङनाम अथवा न्वागीको नामले आजको पर्व मनाउँछन् ।
पहाडी भेगमा ब्राम्हण क्षेत्रीहरुले भने आजको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाइरहेका छन् । कतिपय ब्राम्हणहरुको आजै देवाली पूजा वा कुल पूजा गर्ने गरेका छन् । यसैगरी पहाडतिर आजकै दिन गोठ पूजा गर्दै गैडु पूजा पनि गरिन्छ ।
आजै गुरुङ समुदायले आफ्नो नयाँ वर्ष तमु ल्होसार पनि मनाइरहेका छन् ।
यो पनि पढ्नुहोला
नेवार समुदायमा आज यःमरि पुन्हि मनाईँदै
Categorized in संस्कृति
