arin enterprises

सेतो मच्छिन्द्रनाथको रथयात्रा हुन

SamacharDesk – बिराज | २०७७ चैत्र २२, आइतबार

गत वर्ष स्थगित गरिएको सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा मूल समारोह समितिको आइतबार बसेको बैठकले यस वर्ष रथयात्रा गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण गत वर्ष रथयात्रा स्थगित गरिएका थियो ।

नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गरिने समितिका संयोजक एवं काठमाडौं महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिनुभयो ।

यस वर्षको रथयात्रा वैशाख ७ गतेदेखि एक हप्तासम्म सञ्चालन गरिनेछ ।

गुठीका प्रतिनिधि, स्थानीय संघ–संस्था र सरोकारवालाहरुले जुनसुकै परिस्थितिमा पनि जात्रा निरन्तर हुनुपर्ने धारणा राखेपछि रथयात्रा गर्ने निर्णय गरिएको बताईएको छ ।

सेतो मच्छिन्द्रनाथलाई ‘वर्षाको देवता’ भन्ने गरिन्छ ।

Categorized in संस्कृति