arin enterprises

मच्छिन्द्रनाथको रथ असन पुग्यो

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख ८, बुधबार

सेतो मच्छिन्द्रनाथको रथजात्राको आज पहिलो दिन, रथलाई दरवारमार्गबाट तानेर असन पुर्‍याइएको छ । दरवारमार्गमा तीनधारा पाठशाला अगाडीबाट रथलाई तानेर असन पुर्‍याइएको हो ।

रथलाई दरवारमार्गबाट रत्नपार्क हुँदै भोटाहिटीबाट असन पुर्‍याइएको हो ।

यस अघि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई काठमाडौंको जनबहाल कनकचैत्य महाविहारबाट खटमा राखेर दरवारमार्ग पुर्‍याइएको थियो ।

कनकचैत्य महाविहारबाट खटमा राखेर बोक्दै बाजागाजासहित दरवारमार्ग पुयाइएपछि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गराई रथजात्रा शुरु गरिएको थियो ।

विभिन्न साँस्कृतिक बाजागाजासहित धुमधामका साथ मच्छिन्द्रनाथको रथजात्रा गरिएको थियो ।

कोरोना संक्रमणको जोखिमका बीच शुरु गरिएको रथजात्रामा मास्क भने अनिवार्य गरिएको थियो । रथजात्रामा सहभागी हुनेलाई अनिवार्य मास्क लगाउनका साथै भौतिक दुरी कायम गर्न आव्हान गरिएको थियो ।

यसैबीच मच्छिन्द्रनाथको रथलाई असन पुयाइएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले असन पुगी दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको थियो ।

असनमा राष्ट्रपति भण्डारीको सवारी हुँदा त्यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो । पैदल यात्रुलाई सम्म पनि असनमा प्रवेश गर्न दिइएको थिएन भने पत्रकारलाई समेत फोटो खिच्न रोक लगाइएको थियो । बत्ती बाल्न असन पुगेका दर्शनार्थीहरु पनि बीच बाटोमै रोकिएका थिए । 

सेताे मच्छिन्द्रनाथकाे रथजात्राकाे क्रममा भाेलि रथ असनबाट तानेर हनुमानढाेका कालभैरव अगाडी पुर्‍याइनेछ ।

फाेटाेहरू हेर्न यहाँ क्लिक गर्नुहाेला

Categorized in संस्कृति