रंगहरुको पर्व फागु सरु
SamacharDesk – समाचारडेस्क संवाददाता | २०७७ चैत्र ८, आइतबार

आइतबारबाट रंगहरुको पर्व फागु विधिवत सरु भएको छ । आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा चीर ठड्याइएसँगै फागु पर्व शुरु भएको हो ।
यस वर्ष पहाडमा चैत १५ गते र तराईमा चैत १६ गते फागु पुर्णिमा मनाइँदैछ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर उठाएपछि फागु पर्व सुरु हुने प्रचलन रहेको छ ।
फागु शुक्ल अष्टमीदेखि फागु पुर्णिमासम्म फागु पर्व मनाउने गरिएको छ ।
फागु शुक्ल पूर्णिमाको दिन बेलुकी चीर तानेर टुडिखेल लगेर जलाएपछि फागु पर्व सकिन्छ ।
Categorized in संस्कृति