एनपिएल क्रिकेटः चितवन राइनोज सुदूरपश्चिम रोयल्ससँग ५ विकेटले पराजित
SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८३ कार्तिक १७, सोमबार
नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गरिदिएको छ ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनलाई ५ विकेटले पछि पार्दै सुदूरपश्चिमले खेल आफ्नो पक्षमा पारेको हो ।
खेलमा चितवनले दिएको १३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.४ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्दै १३१ रनको योगफल बनायो ।
सुदूरपश्चिमलाई जिताउन ब्राण्डन म्याकमुलनको ४३ रन महत्त्वपूर्ण रह्यो । म्याकमुलनले २१ बलमा ६ चौका र २ छक्कासहित ४३ रन जोडेको थिए ।
त्यस्तै आरिफ २६ बलमा २० रन बनाउँदै अविजित रहे । रदरफोर्डले १५ बलमा २१ रनको योगदान दिए । बलिङमा चितवनका रन्जित कुमारले ४ ओभरमा २८ रन दिँदै ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । चितवनका लागि अन्य ब्याट्सम्यानमा विवेक यादवले १७, डेविड मलानले १६, अर्जुन साउद र कप्तान सिकन्दर राजाले १५/१५ र देव खनाल ७ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक/एक विकेट लिए ।
चार खेलमा सुदूरपश्चिमको यो दोस्रो जित हो भने चितवनको पहिलो हार हो ।
Categorized in स्पाेर्ट्स




