arin enterprises

छायाँछवि तिज म्युजिक अवार्ड प्रदान

SamacharDesk – विजयरत्न | २०८३ कार्तिक १७, सोमबार

काठमाडौं । छायाँछवि क्रियशनले १३औं संस्करणको ‘छायाँछवि तीज म्यूजिक अवार्ड’का विजेताहरुलाई अवार्ड वितरण गरेको छ ।

राजधानीमा एक सामान्य कार्यक्रम गरी विजेताहरुलाई ट्रफी प्रदान गरिएको हो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अवार्डको कुनै औपचारिक कार्यक्रम नगरी आइतवार विजेताहरुलाई आयोजकले मात्र ट्रफी दिएको हो ।

छायाँछविका अध्यक्ष शान्तिप्रियले प्राकृतिक प्रकोप र देशको अवस्थाका कारण अवार्ड वितरण कार्यक्रम सार्नुपरेको र आगामी अवार्ड कार्यक्रमहरु समयमा नै गरिने जानकारी दिए ।

विजेताहरुलाई अभिनेत्री वसुन्धरा भुषाल, सिने पत्रकार विजयरत्न तुलाधर, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला र संस्कृतिकर्मी आरसी कोइरालाले ट्रफी प्रदान गरेका थिए ।

अवार्डमा ‘छमछम नाचिदेउ’बाट प्रकाश मिश्रले ‘सर्वोत्कृष्ट तीज गीत मिक्सिङ’, विपिन आचार्यले ‘सर्वोत्कृष्ट तीज गीत एरेञ्जर’ अवार्ड पाए ।

‘मेरो माया जुनीभरिलाई’बाट आशा कार्कीले ‘सर्वोत्कृष्ट तीज गीत मोडल नवप्रतिभा’ र सुमन सागर जंग केसीले ‘सर्वोत्कृष्ट तीज गीत मोडल पुरुष’को र ‘माईतीघरको आँगन’बाट झरना रिसालले ‘सर्वोत्कृष्ट तीज गीत मोडल महिला’ अवार्ड जित्न सफल भए ।

‘लाली लपक्कै’बाट गम्भीर विष्टले ‘सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक’, ‘नौरति फूली’बाट दीपक शर्माले ‘सर्वोत्कृष्ट तीज गीत शब्द’को ट्रफी पाए ।

त्यस्तै ‘जन्मेर हुर्केको घर’बाट मनु पन्तले ‘सर्वोत्कृष्ट तीज गीत लय’, ‘रानीहार’बाट शंकर थापा स्माइलले ‘सर्वोत्कृष्ट मौलिक तीज गीत लय’ को अवार्ड पाए ।

‘लाली लपक्कै’बाट निशा सुनारले ‘सर्वोत्कृष्ट दोहोरी तीज गीत गायिका’ र प्रकाश सपुतले ‘सर्वोत्कृष्ट दोहोरी तीज गीत गायक’ अवार्ड पाए ।

‘भिजायो फरिया बर्खैले’बाट सरिता भारतीले ‘सर्वोत्कृष्ट तीज गीत गायिका’, ‘नक्कल पार्ने बानी’बाट गंगा गौतमले ‘सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका’ अवार्ड हात पारे । ‘

एक वर्षमा एक चोटी’बाट अञ्जु श्रेष्ठले ‘सर्वोत्कृष्ट तीज गीत’ र ‘ह्वीस्की फोरिन्छ’बाट रश्मी पाण्डेले ‘सर्वोत्कृष्ट तीज गीत जुरी’को अवार्ड पाए ।

कार्यक्रममा गायिका सहिमा श्रेष्ठ, गीतकार नारायण कँडेल र ब्युटीसियनद्वय चाँदनी श्रेष्ठ र स्मृति सुब्बालाई सम्मान गरिएको थियो । 

Categorized in पेजथ्री