गायिका रोशनाको तीन वटा म्यूजिक भिडियो एकसाथ सार्वजनिक
SamacharDesk – विजयरत्न | २०८३ कार्तिक १७, सोमबार
गायिका रोशना तुलाधरको तीन वटा गीतको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ ।
आइतवार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा तुलाधरबाट स्वरवद्ध एउटा नेपालभाषाया र दुईवटा नेपाली गरी एक साथ तीनवटा गीतको म्यूजिक भिडियो प्रिमियर गरिएको हो ।
कार्यक्रममा ‘प्रभु जिं थुलि हे जक छंके फ्वने’ शिर्षकको नेपालभाषाको गीतसँगै ‘मन भित्र नौलो नौलो आश जागेछ’, व ‘भन भन’ बोलको गीतको म्यूजिक भिडियो प्रिमियर गरिएको हो ।
कार्यक्रममा नेपालभाषा एकेडेमिका कुलपति मल्ल के. सुन्दर, संगीतकर्मी निल शाक्य, ध्रुवरत्न तुलाधर, स्व. जनकवि दुर्गालाल श्रेष्ठका जेष्ठ सुपुत्र सुमन श्रेष्ठ, संगीतकर्मी मनराजा नकःमि लगायतले आआफ्ना विचार राखेका थिए ।
म्यूजिक भिडियोको सम्वन्धमा पेजथ्री पाक्षिकका सम्पादक दर्शन वीर शाक्य, वरिष्ठ सिने पत्रकार विजय रत्न असंबरेंले समीक्षा गरेका थिए ।
सार्वजनिक भएको गीतमध्ये स्व. जनकवि दुर्गालालबाट रचित नेपालभाषाको गीत ‘थुलि हे जक फ्वने’ लार्य मनराजा नकर्मीले संगीत दिएका छन् ।
म्यूजिक भिडियोमा गायिका रोशना, निर्माता विजयरत्न तुलाधरको साथमा भिन्तुना जोशी, रोजिना सुवाल, शोभा महर्जन, सलोना बज्राचार्यले अभिनय गरेका छन् । छायाङ्कन र दृश्य सम्पादन आकृष्ट शाक्यले र निर्देशन विश्वास बज्राचार्यले गरेका छन् ।
धुब्ररत्न तुलाधरबाट रचित ‘मन भित्र’ मा संगीत अनिल शाहीको रहेको छ ।
म्यूजिक भिडियोमा सलोना बज्राचार्य र सिजन शाक्यले अभिनय गरेका छन् । भीम श्रेष्ठले छायाङ्कन गरेका दृश्यलाई अमर चित्रकारले दृश्य सम्पादन गरेका छन् ।
‘ए कान्छा’ गीतका रचनाकार र संगीतकार नील शाक्य हुन् । लक्ष्मण श्रेष्ठ र निरन्जन महर्जनको छायाङ्कन र लक्ष्मण श्रेष्ठको दृश्य सम्पादन रहेको छ । राम श्रेष्ठको निर्देशनमा नरेन्द्र महर्जन र प्रिज्मा श्रेष्ठले अभिनय गरेका छन् ।
Categorized in पेजथ्री




