arin enterprises

दोलखा भीमेश्वरको महाप्रसाद भोलि राष्ट्रपतिकोमा पठाइने

SamacharDesk – बिराज | २०७८ बैशाख २५, शनिबार

दोलखा भीमेश्वरको महाप्रसाद भोलि राष्ट्रपति कार्यालय शितल निवास पठाइने भएको छ । आज फेरी दोलखा भीमेश्वरलाई पसिना आएपछि महाप्रसाद राष्ट्रपति समक्ष पठाउन लागिएको हो ।

भीमेश्वरलाई पसिना आएपछि प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगेका थिए ।

मन्दिर पुगेका अधिकारीहरु र भीमेश्वर मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुबीच भएको वैठकबाट भोलि राष्ट्रपति समक्ष भीमेश्वरको महाप्रसाद पठाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चरिकोटले आजै प्रेश विज्ञप्ती जारी गरी यसरी भीमेश्वरको पसिना आएपछि राष्ट्र प्रमुखकोमा महाप्रसाद पठाउने परम्परा अनुसार भोलि राष्ट्रपति समक्ष महाप्रसाद पठाउने व्यवस्था मिलाएको जानकारी गराइएको छ ।

भीमेश्वरलाई पसिना आएपछि राष्ट्रप्रमुखबाट क्षमा पूजा पठाउनुपर्ने परम्परासमेत रहेको छ ।

दोलखा भीमेश्वरलाई आज लगातार सवा एक घण्टासम्म पसिना आएको थियो । आज दिउँसो १२ः१५ बजेबाट पसिना आउन शुरु भएर १ः३० बजेमात्र रोकिएको थियो ।

शुरूमा शिरबाट पसिना निस्कीन शुरु भई पछि दायाँ बायाँसमेत पसिना निस्किएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

दोलखा भीमेश्वरको पसिना निस्किएमा देशमा केही अनिष्ट हुने जनविश्वास समाजमा रहेको छ । 

Categorized in संस्कृति