आज पनि टिका थापिँदै
SamacharDesk – बिराज | २०७८ आश्विन ३१, आइतबार

आज आश्विन शुक्ल द्वादशीको दिन, बडादशैंको बार्हौं र टिकाको तेश्रो दिन । आज पनि मान्यवर र ठुलाबडाको हातबाट दशैंको टिका र जमरा थाप्ने काम जारी छ ।
विजया दशमीको दिनमा विसर्जन पूजा गर्दै शुरु हुने टिका आउँदो कोजाग्रत पुर्णिमाको दिनसम्म जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन दशैं घर अथवा आगम घरमा कलश स्थापन गरी लगाइएको जमरा दशमीको दिनमा विसर्जन गरिन्छ ।
देशका अधिकांश स्थानमा पुर्णिमाको दिनसम्म टिका थाप्ने गरिन्छ भने कतै कतै दशमीकै दिनमा मात्र टिका थाप्ने प्रचलन पनि रहेको छ ।
दशमीको दिनमा टिका थाप्न नपाइएको अथवा टाढा रहेका आफन्तजनकोमा दशमीको भोलिपल्टबाट टिका थाप्न जाने गरिन्छ ।
नेवार समुदायमा भने नखत्या बोलाउने गरिन्छ । नखत्या बोलाइएको ठाउँमा गएर भोज खानुका साथै टिका पनि थाप्ने गरिन्छ ।
Categorized in संस्कृति