ललितपुरमा कुमारी पूजा सम्पन्न
SamacharDesk – बिराज | २०७८ आश्विन २४, आइतबार

लतिलपुरको दरवार क्षेत्रमा राजोपाध्याय समाजले कुमारी पूजा कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली हिन्हुहरुको महान चाड बडादशैंको अवसर पारेर समाजको ललितपुर जिल्ला समितिले मंगलबजारमा कुमारी पूजाको आयोजना गरेको हो । गणेश र भैरवसमेत गरी ३० कन्या कुमारीलाई वैदीकसाथै कौलिक विधि कथले कुमारी पूजा गरिएको हो ।
तन्त्रोक्त विधिलाई मध्यनजर गर्दै २७ कन्या कुमारीको साथमा गणेश, कुमार र भैरव एक एक जना गरी ३० कन्या कुमारी राखेर कुमारी पूजा गरेको समितिका संयोजक विजय शर्मा राजोपाध्यायले जानकारी गराउनुभयो ।
नेपालको मौलिक परम्परा, संस्कृतिको संरक्षणका लागि समाजले विभिन्न साँस्कृतिक गतिविधिहरु गर्दै आएको र त्यसै क्रममा कुमारी पूजाको पनि आयोजना गरेको समाजका केन्द्रीय अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।
नेवाः समाजमा १० वर्ष भन्दा कम उमेरकी कन्या कुमारीलाई प्रत्यक्ष कुमारीको रुपमा पूजा गर्ने चलन रहेको छ ।
Categorized in संस्कृति