arin enterprises

टिकाको दोश्रो दिन, आज पनि मान्यवरबाट टिका थापिँदै

SamacharDesk – बिराज | २०७८ आश्विन ३०, शनिबार

आज बडादशैंको टिकाको दोश्रो दिन, आश्विन शुक्ल एकादशी । आज पनि मान्यवर तथा आफन्तजनबाट टिका थापिँदैछ ।

हिजो विजया दशमीको दिनमा घरका ठुलाबडाको हातबाट टिका र आशिर्वाद थापिसकेर आज टाढा रहेका नातागोताकोमा गई मान्यवरबाट टिका थाप्ने गरिन्छ ।

आज पनि विहानैबाट टिका थाप्न जानेको चहलपहल देखिएको छ । हिजो टिका लगाउन नभ्याएका वा नपाएकाको हातबाट आज टिका थाप्ने गरिन्छ ।

यसरी आउँदो कोजाग्रत पूर्णिमाको दिनसम्म टिका थाप्न सकिन्छ ।

नेवार समुदायमा भने आजको दिनबाट नखत्या बोलाउन शुरु हुन्छ । स्थानीय नेवाः भाषाबाट चाडलाई नखः भनिन्छ भने नखत्या भन्नाले चाड पछि छोरीबेटीलाई बोलाएर भोज खुवाउने परम्परालाई नखत्या भनिन्छ ।

नेवाः समुदायमा आजको दिनबाट बोलाइएको ठाउँमा नखत्या गई टिका थाप्ने गरिन्छ । 

Categorized in संस्कृति