नवदुर्गा नाचका लागि नगरपालिकाको ५० लाखको सहयोग
SamacharDesk | २०७९ आषाढ ३२, शनिबार

गोदावरी नगरपालिकाले यसवर्षको ठेचोको १२ वर्ष जात्रा लागि ५० लाख नगद सहयोग गरेका छन् ।
आज शनिबार आयोजित कार्यक्रममा मेयर गजेन्द्र महर्जनले उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त नगरपालिकाको सहयोगले १२ वर्षे नवदुर्गा नाच सञ्चालन गर्न सहज हुने नगदुर्गा नाच वाङ्य कमिटीका अध्यक्ष प्रशान्त मालीले बताए ।
उनले भने, ‘हाम्रो न्युनतम आकलनअनुसार अझैं २६ लाख पुग्दैन । सहयोग जुटाउने कोसिस गर्दैछौं ।’ नगरपालिकाका मेयर महर्जनले जात्रामा आउने आगन्तुकलाई सत्कार गर्न र गाउँ सफासुग्घर राख्न आग्रह गरे ।
नगरपालिकाको १२ नम्बरका वडाध्यक्ष जगतबहादुर महर्जनले विभिन्न कमिटी बनाएर जात्राको तयारीमा लाग्न अनुरोध गरे ।
यही १० साउनदेखि सुरु हुने जात्रा आउँदो फागुनसम्म सञ्चालन हुने छ । जात्रा अवधिभर २८ वटा पुजा हुनेछन् भने ठेचो र सुनाकोठीबासीका लागि भोज खुवाइन्छ ।
Categorized in संस्कृति
