arin enterprises

आजदेखि गुँलाधर्म प्रारम्भ

SamacharDesk | २०७९ श्रावण १३, शुक्रबार

आजदेखि गुँलाधर्म प्रारम्भ भएको छ । नेपाल संवत्को पात्रो अनुसार दशौं महिनालाई गुँला भनिन्छ ।

आजदेखि एक महिनासम्म बुद्धको उपासना गरी गुँला पर्वलाई मनाउने प्रचलन रहिआएको छ । विशेषगरी गुँला पर्वमा बौद्धमार्गीहरु भगवान बुद्धको उपासना गर्ने गर्ने, बुद्धको पञ्चशीलमा बसी ध्यान गरी भगवान बुद्धलाई पूजाआजा गर्ने गर्दछ ।

उनीहरु बुद्ध बिहार, बही, चोक, चैत्य लगायत विभिन्न स्थानमा मौलिक बाजागाजाका साथ परिक्रमा गर्ने गर्दछ ।

गुँला एक महिना मासु, अण्डा, प्याज जस्ता वस्तु त्याग्ने र शुद्धका साथ बस्ने चलन पनि छ ।

Categorized in संस्कृति