arin enterprises

स्वस्थानी ब्रत समापन हुँदै

SamacharDesk | २०७९ माघ २२, आइतबार

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिना लामो श्रीस्वस्थानीको ब्रत आज समापन गरिंदैछ ।

पुस शुक्ल पूर्णिमाका दिनदेखि शुरु गरिएको स्वस्थानी ब्रतको आज साङ्गे गर्ने गरिन्छ । पुस शुक्ल पूर्णिमादेखि शुरु गरिने स्वस्थानी बाचन पनि पनि आजै सकिन्छ ।

ब्रतालुहरुले आज नजिकका तीर्थहरुमा गई नुहाई धुवाई गरी विधिपूर्वक पूजा गरी दान दक्षिणा गर्ने चलन छ । साँझ पूर्णिमा ब्रतको पूजासंगै महिना दिन लामो स्वस्थानी ब्रत पूरा हुन्छ ।

काठमाडौंको शालीनदीलगायतका तीर्थस्थलहरुमा विहानैदेखि ब्रतालुहरुको भीड लाग्ने गर्दछ ।

स्वस्थानी ब्रतका अवसरमा नारायण भगवानलाई माधव नारायणको रुपमा पुज्ने गर्दछ । स्वस्थानीलाई माधव नारायण भन्नुको विभिन्न कारण छन् । १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिनु हुने मान्यता छ ।

जसअनुसार बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरूप लिनुहुने हुँदा माघ महिनामा नारायणको नाम माधव हुने भएकाले माधव नारायणको नामले माघ महिनाभर पुज्ने परम्परा चल्दै आएको हो ।

Categorized in संस्कृति
SKIP THIS maharjan complex bumper adv