“मतिना पारु” अर्थात प्रेम दिवस हर्षाेलास्पूर्वक मनाईंदै
SamacharDesk – राम डंगोल | २०७९ मङ्सिर २३, शुक्रबार

आज मतिना पारु अर्थात् प्रेम दिवस । यःमरी पुन्हीको भोलिपल्ट मनाईने “मतिना पारु” नेवार समुदायमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइरहेका छन् ।
नेपालीहरु आयातित चाडपर्वहरु न्यू एयर, क्रिसमस, भ्यालेन्टाइन डे जस्ता विदेशी पर्वहरु मनाईरहनेहरुका लागि सुन्दा अचम्म लाग्न सक्छ कि नेपालमा पनि हाम्रा पूर्खाहरु “मतिना पारु” अर्थात प्रेम दिवस मनाउँछन् भन्दा ।
विशेषगरी यो पर्व नेवार समुदायमा मात्र प्रचलित रहेको पाइन्छ । मतिना पारु नेपालमा बसोवास गर्ने नेवार समुदायको एक लोकप्रिय चाड हो । यो चाड यःमरि पुन्हिको भोली पल्ट अर्थात प्रतिपदाका दिन पर्दछ ।
पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट, ुपारुु भन्नाले प्रतिपदा बुझिन्छ । मतिना भनेको माया। जसलाई प्रेमको पहिलो दिन भन्न पनि सक्छ । नेवार समुदायहरु खेती किसानी गर्ने, जात्रा पर्वमा मात्र सीमित रहन्छन् भन्ने जुन धारणा छ, त्यो धारणालाई यस पर्वले असत्य सावित गरेको पाइन्छ ।
नेवारहरु आप्mनो धार्मिक संस्कार, नित्य कर्मका साथसाथै माया, प्रेम, दया, करुणा आदि प्र्रेमसँग सम्बन्धित कुराहरुमा पनि अगाडि रहेका छन् भन्ने यस पर्वले ईंगित गरेको पाइन्छ ।
योमरी पुन्ही सँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू छन् । लोकप्रिय रूपमा खानाको परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध बारे कुराकानी गर्दा यसको अर्को पक्ष भनेको माया पनि हो ।
परम्परागत समाज अहिले जस्तो माया प्रेममा विषयमा खुल्ला थिएन। यसरी बन्धनले बाँधिएको समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमी सँग सुटुक्क कुरा गर्ने चलन थियो ।
यसै क्रममा यःमरि पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलीपल्ट भेट्ने गर्दछन् ।
त्यो दिन ‘मतिना पारु’ । अहिले जस्तो फोन मोबाइल नभएको बेलामा यःमरि फ्वनेगु क्रममा सुटुक्क भेटी, कागजमा लेखेर सुटुक्क आदान प्रदान गरी कता कहिले भेट्न आउने कुरा साट्छन् । त्यसै अनुसार मतिना पारुका दिन भेटघाट हुन्छ ।
आफ्नो आमा बुबाले नदेख्ने नसुन्ने गरी राती घरमा केटा बोलाउने, आफ्नो घर परिवार बाहिर हुँदा प्रेमी बोलाउने परम्परा थियो । यसका साथै नेवार समुदायहरुमा धेरै जात्रा तथा पर्वहरु भइरहन्छ ।
पौराणिक कालदेखि नै आजको दिन प्रेम बन्धनमा बाँधिएका जोडीहरु जात्रा तथा पर्वहरुमा भेट्ने, देवी देवताहरु दर्शन गर्न आउने क्रममा प्रेमी प्रेमिकाहरु एक आपसमा भेटघाट गर्ने र प्रेम साटासाट गर्ने गर्दथे ।
पौराणिक कालदेखि नै जात्रा पर्व तथा विभिन्न शक्तिपीठहरुमा दर्शन गर्न जाने पनि एक प्रकारको आप्mनो प्रेमीप्रेमिकासँग भेटघाट गर्ने अवसरको रुपमा लिने गरेको पाइन्छ ।
तसर्थ हाम्रो आप्mनै मौलिक चाड पर्वहरु हुँदाहुँदै अन्य देशबाट आयातित पर्वहरुलाई बढी प्राथमिकता दिने र त्यो पर्वको राम्रो पक्ष भन्दा नराम्रो पक्षलाई बढी आत्मसाथ गरी विकृति पैmलिएको पाइन्छ ।
जुनसुकै चाडपर्वहरु नराम्रो हुँदैन, हामीले त्यस चाडपर्वको मुख्य अर्थ बुझी मनायो भने यसले राम्रै हुने देखिन्छ । तसर्थ हामीले विदेशी चाडपर्वहरुलाई भन्दा आप्mनै पुर्खाहरुले चलाएका पर्वहरुलाई माया गर्ने, ती चाडपर्वहरुलाई सौहाद्रतापूर्वक मनाउने गर्नुपर्दछ ।
आप्mनो मौलिक चाडपर्वहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्ने तथा हाम्रो मौलिक चाडपर्वहरुलाई प्रचारप्रसार गर्ने र त्यसको महत्वबारे जानकारी दिन सके हामा यस्ता पुर्खादेखि चलेका मौलिक परम्पराहरुलाई जोगाइराख्न सक्ने देखिन्छ ।
Categorized in संस्कृति