बैसाख १ गते भक्तपुरको माहौल: भिडियो
SamacharDesk – बिराज | २०८० बैशाख ३, आइतबार

बिस्काः जात्रा वा बिस्केट जात्रा भक्तपुरको साथै मध्यपुर थिमि, बोडे, टोखामा पनि मनाइने गरिन्छ । तर बिस्काः जात्रा भन्ने वित्तिकै प्रायःले भक्तपुरको आठ रात नौ दिनको जात्रा भनेर सम्झिने गर्छन् ।
चैत्र महिनाको मसान्तभन्दा चार दिन अघि भक्तपुरको टौमढीमा भैरवनाथको रथ तान्दै जात्राको सुरुवात हुन्छ भने बैसाख ५ गतेका दिन पनि टौमढीमै भैरवनाथको रथ तानेर जात्रा सम्पन्न हुने गर्दछ ।
भैरवनाथको रथ जात्राको प्रमुख आकर्षणको रुपमा लिइन्छ । त्यस्तै भक्तपुरको बिस्काः जात्राको अर्को प्रमुख आकर्षण यःसिँ उठाइनु पनि हो ।
भक्तपुरको यःसिँखेलमा चैत्र मसान्तको दिनमा यःसिँ उठाइने गरिन्छ । नाग र नागीनको प्रतिकको रुपमा दुई वटा ध्वजा झुन्ड्याइएको ५५ हात लामो यःसिँलाई अष्टमातृकाको प्रतिकको रुपमा लिइने आठवटा डोरीले सहायताले उठाइन्छ ।
अघिल्लो दिन उठाएको यःसिँलाई बैसाख १ गतेको दिनमा ढालिन्छ । यःसिँ उठाएको र ढालेको हेर्नको लागि भक्तपुरबासी मात्र होइन, काठमाडौं उपत्यकाको साथमा आसपासका क्षेत्रबाट हजारौं सर्वसाधारण भक्तपुरको यःसिँ खेल पुग्ने गर्दछन् ।
यस वर्ष तपाईँ यःसिँखेल पुग्न भ्याउनुभयो ? भ्याउन सक्नुभएन भने, आउनुहोस्, हामीले तपाईँको लागि २०८० बैसाख १ गतेको दिनको भक्तपुरको दरवार क्षेत्रदेखि यःसिँखेलसम्मको माहौल यो भिडियोमार्फत लिएर आएका छौं । हेर्नुहोस् यो भिडियो ।
Categorized in संस्कृति