arin enterprises

ऐतिहासिक महालक्ष्मी जात्रा ३४ वर्षपछि पुनः सुरु

SamacharDesk – राम डंगोल | २०७९ चैत्र १७, शुक्रबार

पाटनको ऐतिहासिक महालक्ष्मी ३४ वर्षपछि पुनः सुरु भएको छ ।

हिजो विहीबार पाटनको महालक्ष्मी मन्दिरबाट महालक्ष्मीको मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर खटमा राखेर नगर परिक्रमा गराइएको हो ।

कायगुननी मंका खलःको आयोजनामा ललितपुर महानगरपालिकाको सहयोगमा विभिन्न संघ संस्था रहेको महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदल गठन गरि महालक्ष्मी जात्रा पुनः संचालन गरेको हो ।

खट जात्रा महालक्ष्मी मन्दिरबाट शुरु भएर लगनखेल, थति, इति, टंगल, बहि फः, चक्रबहिल, हौगल, मंगल बजार, पटको, इखालखु हुन्दै कायगुननीमा पुगेर सम्पन्न भएको थियो । ३४ वर्ष अगाडी महालक्ष्मी जात्रा राति गर्ने परम्परा रहेको थियो तर विभिन्न कारणले गर्दा जात्रा रोकिएको थियो ।

यसअघि जात्रालाई निरन्तरता दिनको लागि ललितपुर महानगरपालिका तथा वडा नं ५ , ज्यापू समाज यल र जात्रा व्यवस्थापनको लागि गठित कार्य दलसंगको हातेमालो तथा सहकार्य गरी कायगुननी मंकास् खलद्वारा मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी ३४ वर्षदेखि बन्द भएको जात्रा पुनः संचालन गर्न लागिको जानकारी दिएको थियो ।

जात्राको लागि ललितपुर महानरपालिकाले आठ लाखको बजेट छुट्याएको महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदलका अध्यक्ष सन्तमान महर्जनले बताए ।  

Categorized in संस्कृति